News Portal

  • प्रधानमन्त्री पद पाउन ओलीले बहुदलीय जनवाद छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरे – पुष्पकमल

    हिमालीसंचार संवाददाता
    ३२८ पटक

    काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले ‘राजनीतिक बेइमानी’ गरेको दाहालको भनाइ थियो ।

    पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको दाहालको भनाइ थियो ।

    दुई पार्टीइहरूको राजनीतिक सिद्धान्त सम्बन्धमा माओवादीको एक्काइसौं शताब्दीको जनताको जनवादबारे र जनता बहुदलीय जनवादबारे छलफल भएको थियो । अध्यक्ष नेपालले अहिले नै जबज छोड्दा राम्रो हुँदैन भन्नुभयो,’ दाहालले थपे, ‘पूर्व एमालेको सिद्धान्त र नीतिलाई निषेध गर्न हुँदैन त्यसैगरी पूर्व माओवादीको नीति र सिद्धान्तलाई निशेध गर्न हुँदैन भनेका थियौं ।’

    आफू र ओलीबीच साझा कार्यदिशा बनाउनुपर्छ र माओवादी आन्दोलन तथा मदन भण्डारीको भूमिकाको सही मूल्यांकन गरेर अगाडि बढ्ने सहमति भएको पनि दाहालले बताए । उनले थपे, ‘अन्तिममा केपी ओली र म छलफल गर्दा मदन भण्डारीको भूमिका र जबज छोडेर समाजवाद उन्मुख जनताको जनवाद भन्ने सिद्धान्तमा पहिला हस्ताक्षर गरेको केपी ओलीले नै हो । सबैले त्यसलाई समर्थन गरेर अगाडि बढ्दा पार्टी एकता भयो । आज के देखियो भने उहाँले जबज छोडेको र समाजवाद उन्मुख जनताको बहुदलीय जनवादमा हस्ताक्षर गरेको प्रधानमन्त्री पद प्राप्त गर्नका लागि मात्रै रहेछ ।’

    पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको दाहालको भनाइ थियो । अहिले पनि नेताहरूलाई धम्क्याउने र तर्साउने काम गरिरहेको, संविधान र व्यवस्थाको विरुद्धमा लागिरहेको उनले बताए ।

    ओलीले बारम्बार पार्टीको विधान मिचेको र त्यसो गर्न नहुने बताउँदा नमानेको दाहालको भनाइ थियो । उनले संसद पुनःस्थापनाका लागि आफूहरू सडकमा उत्रिएको बताए । निर्वाचन आयोगबाट आफूहरूलाई नेकपा र सूर्य चुनाव चिह्न मिल्नेमा आफू ढुक्क भएको उनको भनाइ थियो ।

    दाहालले जनमतको कदर गर्न पनि संसद् पुन:स्थापना हुनुपर्ने बताए । कसैको प्रभावमा नपरी निर्वाचन आयोग र सर्वोच्च अदालतले स्वतन्त्ररुपमा फैसला गर्नेमा आफू विश्वस्त रहेकाले कार्यकर्तालाई पनि विश्वस्त रहनेमा ढुक्क हुन सुझाएका दिए । नेताहरुलाई धम्काउने र धर्काउने शैलीमा ओली प्रस्तुत भएको उनको भनाइ छ । ‘ओली आफ्नो स्वार्थले दलदलमा फसे, अब उठ्ने अवस्थै छैन’, उनले भने, ‘जहिलै पार्टीको विधि र विधान बाहिर रहेर संविधानमाथि ‘कु’ गर्दै काम गरेका छन् । भ्रष्टाचारमा नेपाल पहिलोमा आयो यसलाई रोक्नुभन्दा भ्रष्टाचारीको संरक्षण गरेका छन् । यसो गर्न हुँदैन भन्यौं । यदि गल्ती नसच्याउने हो भने, हामी दलको नेताबाट हटाउँछौ भनेर भनेका थियौं । पार्टीभित्र सल्लाह भएको थियो । उनले प्रधानमन्त्री पद त्याग्नपर्छ भनेर संसद् नै विघटन गराइदिए ।’ नेकपाको आधिकारिक पार्टी आफ्नो भएको र सूर्य चुनाव चिन्ह पनि आफूहरुलाई नै मिल्नेमा उनी ढुक्का छन् ।

    पार्टीभित्र छलफल, बहस र विवाद हुन जरुरी रहेको बताउँदै उनले पार्टीभित्र विवाद भएन भने पार्टी सुध्रिनै नसक्ने बताए । गल्ती सच्याउन विवाद आवश्यक रहेको उनको तर्क थियो ।

    ओलीमा पहिलेदेखि नै गुटवादी र स्वार्थ देखिएकाले पार्टी एकतामा समस्या भएको उनले बताए । ‘कहिले सुस्त र कहिले उग्ररुपमा विवाद बाहिर नआएको होइन’, दाहालले थपे, ‘ओलीलाई विधि र विधानका कुरा गर्‍यो रिस उठिहाल्छ । विवाद चर्किहाल्छ ।’ उनले आफूहरुप्रति ७० प्रतिशत बहुमत रहेको दाबी गरे ।

    दाहालले अहिले मन्त्री पद पाउने स्वार्थका कारण ‘जनयुद्ध’ लडेर आएका पूर्वमाओवादीहरु ओली समूहमा लागे पनि केही महिनापछि पुरानै घरमा फर्किने बताए । उनले भने,‘जनयुद्ध कुहिएको आलु हो भनेर ओलीले भनिरहँदा पूर्वलडाकुले कसरी मन बुझाएका होलान् ? ओलीको जयजय कसरी गर्न सके मलाई धिक्कार उनीप्रति लाग्यो ।’ आफूहरुको विजयीको सुरुआत भएको बताउँदै उनले सबैभन्दा ठूलो अदालत जनता नै रहेको बताएका थिए । ओलीको टुक्का र उखानको परास्त गर्न केही समय सडकमै हुनुपर्ने उनको भनाइ थियो ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...