News Portal

कांग्रेसको आन्दोलन कार्यक्रम, वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

हिमालीसंचार संवाददाता
२८८ पटक

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शन  र सभाको कार्यक्रम तय भएको उनले बताए ।

कांग्रेसले पार्टीका जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २०७७ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको छ ।

भ्रम नहोस्, कांग्रेस एकमतका साथ आन्दोलनमा

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पार्टी एक मतले आन्दोलनमा रहेको बताएको छ । संसद विघटनका विषयमा कांग्रेसबारे भ्रमपूर्ण समाचारहरु आइरहेको भन्दै आइतबार विज्ञप्तिमार्फत उसले भनेको छ, ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ ।’

संसद विघटन गरेकै दिन पुस ५ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकदेखि नै कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको र देशब्यापी विरोध प्रदर्शन समेत गरिसकेको कांग्रेसले बताएको छ ।

प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय कार्य हो भन्ने कांग्रेसले प्रष्ट पारिसकेको पनि बताएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...