News Portal

धरानमा ओली पक्ष कमजोर, प्रचण्ड – नेपाल समूह बलियो

इटहरीमा प्रचण्ड नेपाल समूहको जिल्ला स्तरीय भेला हुने

हिमालीसंचार संवाददाता
४८५ पटक

धरान – राष्ट्रिय राजनीतिको असर प्रदेश सरकार हुँदै स्थानीय निकायहरूमा देखिन थालेको छ। यति बेला धरान उपमहानगरपालिकाको २० वटा मध्ये १५ वडामा वडाध्यक्ष जितेको नेकपाका अधिकांश वडाध्यक्षहरू कुन खेमामा जाने भनेर अन्योलमा परेका छन् ।

धरानका १५ वटा वडाकै वडाध्यक्ष नेपाल पक्षका भए पनि पछिल्लो समयमा भने वडाध्यक्षहरूले आफू कुन कित्तामा उभिने भन्ने बारेमा भने स्पष्ट अझै निर्णय गर्न सकेका छैनन् ।धरान उपमहानगरका १५ वटा वडा मध्ये धरान ३,४,६,७,८,९,१०,११,१२,१३,१५,१६,१७,१९,२० नम्बर वडाका स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्षहरू १७ नम्बर वडाका प्रचण्ड र बाकी माधव नेपाल पक्षका हुन ।

यसलाई हेर्ने हो भने धरानमा नेकपा फुट्दा ओली पक्ष भन्दा प्रचण्ड नेपाल पक्ष बलियो देखिएको छ । तर वडाध्यक्षहरू अहिले कुन कित्तामा उभिने भन्ने एक्किन गर्न नसक्दा यसै भन्न नसके पनि धरानको कम्यिुनिष्टहरुमा ओली पक्ष कमजोर नै देखिएको छ ।

धरानका केही वडाध्यक्षहरू सूर्य चुनाव चिन्ह जता जान्छ त्यतै जाने बताउँदै आएका छन् । पछिल्लो समय प्रचण्ड नेपाल पक्षका नेकपाका जनप्रतिनिधि र कार्यकर्ता धरानमा धेरै भए पनि त्यस्तो कुनै गुटगत कार्यक्रमहरू भने भएका छैनन् । तर ओली पक्षका नेकपा नेताहरूले भने शुक्रवार धरानमा महिला भेला गरेका छन् ।

धरानमा नेकपाको प्रचण्ड नेपाल पक्ष ओली पक्षको तुलनामा बलियो रहेको नेकपाका जिल्ला सचिव रमेश बस्नेत बताउँछन् । उनी भन्छन् -चुनाव चिन्हकै कुरा गर्नेहरू ओली पक्ष गए पनि धरानको हकमा धरान नगर कमिटीबाट १० प्रतिशत जान सक्छन् ।” धरानमा नेकपा फुटे पनि यसको असर खासै देखिँदैन, नेकपाकै वर्चस्व कायम हुने बस्नेतले बताए ।

धरानमा प्रचण्ड नेपाल पक्ष बलियो छ भन्नुको अर्थ सङ्घीय संसद् र प्रदेश संसद् प्रचण्ड नेपाल पक्षकै हुनु पनि हो । यदि हिजो माधव नेपाल पक्षका गुटका नेकपाहरू विभाजित भएनन् भने धरानमा प्रचण्ड नेपाल पक्षको नेकपा नै बलियो साबित हुने राजनीतिक विश्लेषकहरूको भनाई छ ।

शनिवार प्रचण्ड नेपाल समूहको नेकपाको सुनसरी जिल्ला कमिटी विस्तारित बैठक तथा भेला इटहरीको लायन्स क्लबको सभा हलमा हुने भएको छ । सो भेलामा भीम आचार्य, धर्म निरौला, रामकुमारी चौधरी, मोहफुज अन्सारी लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...