News Portal

धरानमा ओली पक्ष कमजोर, प्रचण्ड – नेपाल समूह बलियो

इटहरीमा प्रचण्ड नेपाल समूहको जिल्ला स्तरीय भेला हुने

हिमालीसंचार संवाददाता
४३१ पटक

धरान – राष्ट्रिय राजनीतिको असर प्रदेश सरकार हुँदै स्थानीय निकायहरूमा देखिन थालेको छ। यति बेला धरान उपमहानगरपालिकाको २० वटा मध्ये १५ वडामा वडाध्यक्ष जितेको नेकपाका अधिकांश वडाध्यक्षहरू कुन खेमामा जाने भनेर अन्योलमा परेका छन् ।

धरानका १५ वटा वडाकै वडाध्यक्ष नेपाल पक्षका भए पनि पछिल्लो समयमा भने वडाध्यक्षहरूले आफू कुन कित्तामा उभिने भन्ने बारेमा भने स्पष्ट अझै निर्णय गर्न सकेका छैनन् ।धरान उपमहानगरका १५ वटा वडा मध्ये धरान ३,४,६,७,८,९,१०,११,१२,१३,१५,१६,१७,१९,२० नम्बर वडाका स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्षहरू १७ नम्बर वडाका प्रचण्ड र बाकी माधव नेपाल पक्षका हुन ।

यसलाई हेर्ने हो भने धरानमा नेकपा फुट्दा ओली पक्ष भन्दा प्रचण्ड नेपाल पक्ष बलियो देखिएको छ । तर वडाध्यक्षहरू अहिले कुन कित्तामा उभिने भन्ने एक्किन गर्न नसक्दा यसै भन्न नसके पनि धरानको कम्यिुनिष्टहरुमा ओली पक्ष कमजोर नै देखिएको छ ।

धरानका केही वडाध्यक्षहरू सूर्य चुनाव चिन्ह जता जान्छ त्यतै जाने बताउँदै आएका छन् । पछिल्लो समय प्रचण्ड नेपाल पक्षका नेकपाका जनप्रतिनिधि र कार्यकर्ता धरानमा धेरै भए पनि त्यस्तो कुनै गुटगत कार्यक्रमहरू भने भएका छैनन् । तर ओली पक्षका नेकपा नेताहरूले भने शुक्रवार धरानमा महिला भेला गरेका छन् ।

धरानमा नेकपाको प्रचण्ड नेपाल पक्ष ओली पक्षको तुलनामा बलियो रहेको नेकपाका जिल्ला सचिव रमेश बस्नेत बताउँछन् । उनी भन्छन् -चुनाव चिन्हकै कुरा गर्नेहरू ओली पक्ष गए पनि धरानको हकमा धरान नगर कमिटीबाट १० प्रतिशत जान सक्छन् ।” धरानमा नेकपा फुटे पनि यसको असर खासै देखिँदैन, नेकपाकै वर्चस्व कायम हुने बस्नेतले बताए ।

धरानमा प्रचण्ड नेपाल पक्ष बलियो छ भन्नुको अर्थ सङ्घीय संसद् र प्रदेश संसद् प्रचण्ड नेपाल पक्षकै हुनु पनि हो । यदि हिजो माधव नेपाल पक्षका गुटका नेकपाहरू विभाजित भएनन् भने धरानमा प्रचण्ड नेपाल पक्षको नेकपा नै बलियो साबित हुने राजनीतिक विश्लेषकहरूको भनाई छ ।

शनिवार प्रचण्ड नेपाल समूहको नेकपाको सुनसरी जिल्ला कमिटी विस्तारित बैठक तथा भेला इटहरीको लायन्स क्लबको सभा हलमा हुने भएको छ । सो भेलामा भीम आचार्य, धर्म निरौला, रामकुमारी चौधरी, मोहफुज अन्सारी लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...