News Portal

  • प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    काठमाडौं – संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।

    प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर कांग्रेसले केन्द्रीय कमिटी बैठकले निर्णय नगरेका कारण संयुक्त संघर्षको स्थिति रहेन ।’

    आआफ्नो कार्यक्रम जारी राख्ने र संयुक्त रुपमा प्रहार गर्ने समझदारी भएको श्रेष्ठले बताए ।

    साथै उनले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गरे । ‘स्वतन्त्र ढंगले काम गर्ने वातावरण होस् । हस्तक्षेप र दबाव नहोस्’ उनले भने, ‘हाम्रो सेटिङमा काम गर्छन् भनेर संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस् भनेर वातावरण बनाउन चाहन्छौं ।’

    केके आन्दोलनका कार्यक्रम ?

    प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।

    • पुस २० गतसम्म पालिका स्तरमा २५ गतेसम्म वडा स्तरमा पार्टी भेला संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
    • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका वडा स्तरमा संघर्ष समिति गठन
    • पुस २१ गते संघीय राजधानी विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया
    • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
    • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र संविधानको पुस्तक दिने राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
    • २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
    • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी प्रदेश , २८ गते प्रदेश , गण्डकी कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
    • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
    • २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला
    • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन सभा
    • माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन सभा
    • १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्याली
    • १६ माघमा प्रदेश , गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिममा १७ गते प्रदेश मा विरोध सभा
    • २२ माघमा वडा तहमा मसाल जुलुस
    • २३ माघमा राजधानीमा विरोध प्रदर्शन

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...