News Portal

गणतन्त्र र संघीयता फेल भइसकेकोले राजासहितको प्रजातन्त्र – कमल थापा

हिमालीसंचार संवाददाता
४४६ पटक

काठमाडौं – संसद विघटनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन तथा विरोध सभा गरेको छ। राजतन्त्र पुनःस्थापना तथा हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो। सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र तथा संघीयता फेल भइसकेकोले देशमा राजसंस्थासहितको प्रजातन्त्र ल्याउनुपर्ने माग गर्नुभयो।

राजसंस्था तथा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राप्रपा निरन्तर सडक संघर्षमा लागने उहाँको भनाइ थियो। नेकपा, नेपाली कांँग्रेसलगायतका दलले जनविश्वास गुमाइसकेको र जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको आरोप पनि उहाँको थियो।

राप्रपाले जनतासँग मिलेर सडकबाटै राजसंस्था तथा हिन्दू राष्ट्रको पुनःस्थापना गर्ने दावी पनि उहाँको थियो। संसद विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरेको भन्दै अब जुनसुकै किसिमको संघर्ष गर्न तयार रहन उनले आहवान गर्नुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...