News Portal

काँग्रेसले आज सुर्खेतसहित देशैभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो

हिमालीसंचार संवाददाता
४२० पटक

सुर्खेत – नेपाली काँग्रेसले आज सुर्खेतसहित देशैभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाईंएको छ। दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले बीरेन्द्रनगरमा राष्ट्रिय एकता तथा मेलमिलाप महत्व र औंचित्यका बिषयमा कार्यकर्तासंग छलफल गरेको छ।

वि.सं.२०३३ पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ। कार्यक्रममा सहभागीहरुले दलहरुले मेलमिलापको नीति अंगिकार गर्न नसक्दा मुलुक संकटमा फसेका बताएका छन।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउने भनी नेकपाको दुई तिहाईको सरकार मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा दुर्घटनामा परेको बताउनुभयो। उहाँले मेलमिलापको अभावले पार्टी मात्र होइन सिंगो देश नै दुर्घटनामा परेको भन्दै अब कांग्रेसले मात्रै मुलुकको संकट पार गर्नसक्ने दावी गर्नुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै उनले मेलमिलापको नीति अंगिकार गर्न आग्रह गर्नुभयो।
वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माणसमेत बताउनुभयो।

पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालले विपीले लिएको नीतिमा काँग्रेस हिड्न नसकेको भन्दै अब नेतृत्वकर्ताले यसबारे सचेत हुनुपर्ने समय आएको बताउनुभयो। काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेको भन्दै लोकतन्त्रको रक्षा गर्न काँग्रेसको आवश्यकता खट्किएको बताउनुभयो।

कार्यक्रममा मप विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकाल, कांग्रेसका क्षेत्रीय सहसभापति नारायण कोइराला, सचिव भुपेन्द्र खत्री, कांग्रेसका पूर्वउपसभापति कालीप्रसाद शाक्य, पूर्वसचिव नरेन्द्र कोइराला, महिला संघका अध्यक्ष पार्वती गिरी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले अहिले पनि राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र व्यवहारमा लागू गर्न आग्रह गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...