News Portal

  • काँग्रेसले आज सुर्खेतसहित देशैभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो

    हिमालीसंचार संवाददाता
    ३२५ पटक

    सुर्खेत – नेपाली काँग्रेसले आज सुर्खेतसहित देशैभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाईंएको छ। दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले बीरेन्द्रनगरमा राष्ट्रिय एकता तथा मेलमिलाप महत्व र औंचित्यका बिषयमा कार्यकर्तासंग छलफल गरेको छ।

    वि.सं.२०३३ पुस १६ गते आजकै दिन तत्कालीन काँग्रेस सभापति विपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ। कार्यक्रममा सहभागीहरुले दलहरुले मेलमिलापको नीति अंगिकार गर्न नसक्दा मुलुक संकटमा फसेका बताएका छन।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउने भनी नेकपाको दुई तिहाईको सरकार मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा दुर्घटनामा परेको बताउनुभयो। उहाँले मेलमिलापको अभावले पार्टी मात्र होइन सिंगो देश नै दुर्घटनामा परेको भन्दै अब कांग्रेसले मात्रै मुलुकको संकट पार गर्नसक्ने दावी गर्नुभयो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै उनले मेलमिलापको नीति अंगिकार गर्न आग्रह गर्नुभयो।
    वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माणसमेत बताउनुभयो।

    पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालले विपीले लिएको नीतिमा काँग्रेस हिड्न नसकेको भन्दै अब नेतृत्वकर्ताले यसबारे सचेत हुनुपर्ने समय आएको बताउनुभयो। काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेको भन्दै लोकतन्त्रको रक्षा गर्न काँग्रेसको आवश्यकता खट्किएको बताउनुभयो।

    कार्यक्रममा मप विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकाल, कांग्रेसका क्षेत्रीय सहसभापति नारायण कोइराला, सचिव भुपेन्द्र खत्री, कांग्रेसका पूर्वउपसभापति कालीप्रसाद शाक्य, पूर्वसचिव नरेन्द्र कोइराला, महिला संघका अध्यक्ष पार्वती गिरी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले अहिले पनि राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र व्यवहारमा लागू गर्न आग्रह गरेका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...