News Portal

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे भौतिक पूर्वाधार मन्त्रीलाई बर्खास्त

हिमालीसंचार संवाददाता
४०८ पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएकाे छ। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर सुदूरपश्चिम प्रदेशमा समेत देखिएको हो।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएकाे छ। डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे। उहाँ केपी शर्मा ओली पक्षमा रहनुभएकाे थियाे।

नेकपा विभाजनसँगै प्रदेश सरकारहरु धरापमा परेका छन्। प्रदेश–१, प्रदेश–३ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका छन्। अन्य प्रदेशहरुमासमेत नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह अंकगणितको खेलमा लागेका छन्।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...