News Portal

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे भौतिक पूर्वाधार मन्त्रीलाई बर्खास्त

हिमालीसंचार संवाददाता
४४७ पटक

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएकाे छ। केन्द्रमा केपी शर्मा ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर सुदूरपश्चिम प्रदेशमा समेत देखिएको हो।

बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएकाे छ। डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे। उहाँ केपी शर्मा ओली पक्षमा रहनुभएकाे थियाे।

नेकपा विभाजनसँगै प्रदेश सरकारहरु धरापमा परेका छन्। प्रदेश–१, प्रदेश–३ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेका छन्। अन्य प्रदेशहरुमासमेत नेकपाको ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह अंकगणितको खेलमा लागेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...