News Portal

नेकपाको सिन्धुली कार्यालय बन्द

हिमालीसंचार संवाददाता
३७४ पटक

सिन्धुली – देशैभर पार्टी कार्यालय कब्जाको होडमा रहेका नेकपा ओली समूह र दाहाल–नेपाल समूहले सिन्धुलीमा भने निर्वाचन आयोगबाट आधिकारिकता नपाएसम्म कार्यालय प्रयोग नगर्ने सहमति गरेका छन् । पार्टी र चिन्हको आधिकारिकता नपाउन्जेल दुवै पक्षले पार्टी कार्यालय नखोल्ने निर्णय भएको दाहाल–नेपाल समूहका नेता लेखनाथ दाहालले बताए ।

दुवै पक्षले आइतबार एकै समयमा पार्टी कार्यालयमा कार्यक्रम राखेपछि मुठभेड हुन नदिनका लागि सहमति गरेको जनाइएको छ । चार दिन अगाडि कमलामाई नगरपालिका ६ स्थित नेकपा पार्टी कार्यालयमा ओली पक्षले ताला लगाइ कब्जा गरेको जनाएको थियो । दुवै पक्षले एकैसमय र स्थानमा कार्यक्रम राख्दा झडपको संभावना बढेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए । प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालय छिर्न दिएनन् ।

पार्टी कार्यालयको चाबी आफूहरुसँग पनि भएकाले ओली पक्षबाट कब्जा नभएको जिकिर गर्दै दाहालले सहमति गरी मुठभेड टारेको बताए । सूर्य चिन्ह र पार्टीको आधिकारिकतो पाउनेकै पार्टी कार्यालय पनि हुने उनले बताए । ओली समूहका केन्द्रिय सदस्य प्रदिप कटुवाले पनि दुवै पक्षले पार्टी कार्यालयमा एकै समयमा कार्यक्रम राखेकाले झडप हुन नदिन सहमति गरेको बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...