News Portal

प्रचण्डलाई कमल थापाले भने – राप्रपाकै नियति भोग्न नपरोस्

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन्। अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन्।

तत्कालीन समयमा निर्वाचन आयोगले प्रचण्डकै प्रत्यक्ष दबाबमा विनासनाखत कानुनविपरीत राप्रपा विभाजनको घोषणा गरिदिएको आरोप लगाउँदै उनले अहिले प्रचण्ड-माधव समूहलाई त्यस्तै हुनसक्ने संकेत गरे।

शनिबार बिहान अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसवेला विनासनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस। मेरो शुभकामना छ।’

२०६३ सालपछि काँग्रेस र कम्युनिस्टहरुले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेकोले अपवाद बाहेक न्याय दुर्लभ भएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...