News Portal

केपी ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेः बरिष्ठ नेता खनाल

हिमालीसंचार संवाददाता
४६९ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन्। बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे।

प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे। उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे।

देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो। जनवादी क्रान्ति सफल भयो भनेर पूर्व एमाले र पूर्व माओवादी केन्द्रले धेरै अघि घोषणा गरिसकेको स्मरण गराउँदै उनले समृद्धिका आधार निर्माण गर्ने उद्देश्यले नै दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको प्रस्ट पारे।

जनताले पनि कम्युनिस्ट पार्टीमाथि विश्वास गरेको र प्रचण्ड बहुमतका साथ सरकार गठन भएको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीलाई सर्वसम्मतिले प्रधानमन्त्री बनायौं, त्यो दिनदेखि उहाँले आफूलाई महाराजजस्तो ठान्नुभयो।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...