News Portal

  • कम्युनिष्ट एकताको पक्षमा छु : महरा

    हिमालीसंचार संवाददाता
    ३११ पटक

    पाण्डव शर्मा घोराही – निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो।

    ‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो।

    उहाँले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो। नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उहाँले संकेत गर्नुभयो।

    ‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ।’ अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उहाँले बताउनुभयो।

    ‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन।’ छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ। उहाँले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो।

    यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताउनुभयो। नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २४ गतेको राशिफल

    आज असार २४, २०८२ (जुलाई ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...