News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कांग्रेस महाधिवेशन  जेठमा हुने कि  भन्नेबारे अहिलेसम्म अन्योलमै

    हिमालीसंचार संवाददाता
    १९५ पटक

    काठमाडौँ — आगामी फागुनमा महाधिवेशन नहुने निश्चित भइसक्दा पनि कांग्रेसले अर्को तालिका ल्याएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिरभित्र क्रियाशील सदस्यताको टुंगो लगाउन सके फागुनमै महाधिवेशन गर्न सकिने अडान राख्दै आएको थियो तर पुस लागिसक्दा पनि केही जिल्लाबाहेकमा सदस्यता वितरण र नवीकरण सकिएको छैन । क्रियाशील सदस्यतामै ढिलाइ हुँदा महाधिवेशनको तालिका प्रभावित भएको हो ।

    संस्थापन पक्षमा रहेका अधिकांश नेता यसअघि तय भएको फागुन ७–१० सम्मको तालिकालाई आगामी भदौमा पुर्याउन चाहन्छन् । तर वरिष्ठ नेता पौडेल भदौमा पुर्याउँदा जोखिम हुने तर्क गर्छन् ।

    पौडेल पक्षीय नेताहरू महाधिवेशन जेठसम्म सार्न भने तयार हुने भएका छन् । कात्तिक २८ गतेको केन्द्रीय कार्यसमिति बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जेठमा केन्द्रीय महाधिवेशन गर्ने गरी तालिका संशोधन गर्न प्रस्ताव राखेका थिए । त्यसलाई वरिष्ठ नेता पौडेल र उनको पक्षमा रहेका अधिकांश केन्द्रीय सदस्यले असहमति राखेपछि संशोधन भएन ।

    पार्टीको विधानअनुसार आगामी फागुनभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ । चार वर्षभित्र नियमित महाधिवेशन गर्न नसकेपछि कांग्रेसले विधानअनुसार थप एक वर्ष म्याद बढाइसकेको छ । बढाइएको समय फागुनमै सकिन्छ । त्यसपछि महाधिवेशनका लागि संविधानले प्रदान गरेको थप ६ महिनाको व्यवस्था आकर्षित हुन्छ । त्यसो गर्दा भदौभित्र महाधिवेशन गरिसक्नुपर्छ ।

    वरिष्ठ नेता पौडेल महाधिवेशनका लागि भदौलाई तोकेर त्यतिबेला पनि गर्न नसके पार्टी नै दुर्घटनामा पर्न सक्ने बताउँछन् । ढिलाइ गरिँदा अर्कोतर्फ वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिन चालबाजी हुन सक्ने संशय पनि उनमा छ । स्थानीय तहको निर्वाचन नजिक आएकाले पनि पार्टीको महाधिवेशन जतिसक्दो चाँडो गर्नुपर्ने अडान पौडेल पक्षको छ । निर्वाचनको मुखमा पुग्दा पार्टीको आन्तरिक कलह सेलाइसकेको नहुने र त्यसको असर स्थानीय तहको निर्वाचनमा समेत पर्न सक्ने तर्क उनीहरूको छ ।

     

    नेता अर्जुननरसिंह केसीले जेठभन्दा उता महाधिवेशनको तालिका पुर्‍याउन नहुने बताए । उनले आगामी निर्वाचनको तयारीका लागि पार्टीभित्र बृहत् एकता गर्न विशेष महाधिवेशनको प्रस्ताव नै राखेका छन् । उनले बुधबार सभापति शेरबहादुर देउवाले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठकमा पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । जसलाई सभापति देउवाले अस्वीकार गरे । ‘भदौसम्म त पुर्‍याउनै हुन्न, आगामी जेठसम्म गर्न सकिन्छ,’ केसीले भने, ‘यस विषयमा अबको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्छ ।’

    पौडेल पक्षले केन्द्रीय कार्यसमितिमा दर्ता गराएको १६ बुँदे असहमतिपत्रका विषयमा समझदारी भइनसकेकाले पनि महाधिवेशनका अन्य तयारीमा ढिलाइ भएको छ । विधि, विधान र प्रक्रियाविपरीतका सबै निर्णय र कदम सच्याउन आग्रह गर्दै पौडेल समूहले असहमतिपत्र दर्ता गराएको थियो । त्यसमा मुख्य सरोकार अन्य राजनीतिक दलबाट कांग्रेस आएका कार्यकर्ताको समायोजनसँग सम्बन्धित विषय थियो । महाधिवेशनलाई प्रभावित पार्नका लागि समायोजनका नामममा विधि र प्रक्रियाविपरीत ‘मनलाग्दी’ सदस्यता दिइएको आरोप पौडेल पक्षले लगाउँदै आएको छ । त्यसलाई मिलाउन बिहीबार पनि उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षसँग छलफल गरेका थिए । निधि समायोजन समितिका संयोजकसमेत हुन् ।

    नेता केसीका अनुसार समायोजनको विषय पनि सहमति निकट पुगेको छ । यसअघि वितरण गरिएका क्रियाशील सदस्यतालाई जिल्ला, क्षेत्र, पालिका हुँदै वडाबाटै प्रक्रियासम्मत तवरले वितरण गर्न संस्थापनपक्ष तयार भएको उनले बताए । ‘यी विषयमा सहमति हुनासाथ केन्द्रीय कार्यसमितिको बैठक बस्छ,’ उनले भने, ‘त्यही बैठकले महाधिवेशनको तालिका तोक्छ ।’

    संस्थापन पक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने पटकपटक सारिराख्नुभन्दा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने बताए । ‘मंसिर मसान्तसम्म क्रियाशील सदस्यता टुंगो लगाएर जिल्लाहरूले सूची केन्द्रमा पठाउने निर्णय गरिएको थियो । तर तीन जिल्लाले मात्रै सकेको रिपोर्ट आएको छ,’ उनले भने, ‘केन्द्रमा सबै सदस्यताको सूची आएपछि पनि विवाद मिलाउनै समय लाग्छ । त्यसो गर्दा आगामी भदौमा पनि महाधिवेशन गर्न कठिनाइ छ ।’ उनले क्रियाशील सदस्यताको विवाद मिलाउन विगतमा तीन महिनासम्म लागेको बताए ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रले जिल्लाहरूलाई क्रियाशील सदस्यताको सूची पठाउन रोकेको बताए । उनका अनुसार सबै जिल्लाबाट क्रियाशील सदस्यता आउँदा संख्या करिब दस लाख पुग्छ । ‘त्यति संख्या कम्प्युटरमा टाइप गर्दा नै चार महिना लाग्ने देखियो । त्यसलाई जिल्लाबाट टाइप गरेर वेबसाइटमा राख्ने सक्ने व्यवस्था गर्न खोजिएको छ । प्राविधिक पक्षमा काम भइरहेकाले सदस्यता केन्द्रमा नपठाउन भनिएको हो,’ पौडेलले भने, ‘अहिले केन्द्रमा सूची मगाए का छैनौं ।’ उनका अनुसार धेरै जिल्ला काम सक्ने तरखरमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

    एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर...

    मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल...

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...

    पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै

    ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै...