News Portal

राष्ट्रपति भण्डारीलाई ८३ सांसदले लेखेको पत्रमा के थियो ?

हिमालीसंचार संवाददाता
४७६ पटक

काठमाडौं – बुधबार संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए। ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन।

८३ जनाको हस्ताक्षरसहितको पत्र लिएर पाउने १ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा नेता भीम रावल र पम्फा भुसाल समावेदन दर्ता नगरी साँझ ६ बजे नेकपाको बैठक सकिएपछि फर्किएका थिए। नेकपा बैठकमा सरकारले अध्यादेश फिर्ता लिने र प्रचण्ड–माधव समूहले समावेदन प्रक्रिया रोक्ने निर्णय भएपछि नेता रावल समावेदन दर्ता नगराई फर्केका हुन्।

जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ।

पत्रमा २०७४ को आम निर्वाचनपछि ओलीको नेतृत्वमा बनेको सरकारले देश र जनताका सामु रहेका चुनौतीहरुको सन्दर्भमा कुशलता साथ काम गर्ने अपेक्षा गरिएको तर, त्यस्तो हुन नसकेको उल्लेख गरएको छ। यस्तै कोरोना महामारी लगायतका जनजीविकाका विषयमा संसदमा छलफल गर्नुपर्ने आवश्यकता भइरहेका बेला सरकारले हठात अध्यादेश ल्याएको भन्दै ती विषयमाथि छलफल गर्न आवश्यक भएकाले विशेष अधिवेशन बोलाउन माग गरिएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...