News Portal

भीम रावललाई केपी ओलीको प्रश्न – कसको इजाजत लिएर शीतलनिवास जानुभो ?

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।

बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए ।

बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पुर्‍याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए ।

अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे । रासस

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...