News Portal

भारत भ्रमण जादै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

हिमालीसंचार संवाददाता
४१९ पटक

काठमाडौँ – नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्। दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन्।

भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन्। बुधबार भारतइ पत्रिका ‘दी हिन्दु’ लाई अन्तरवार्ता दिँदै उनले नेपाल र भारतबीचमा विगतमा विवाद भए पनि पछिल्ला केही सातायता दुई देशले आपसी सम्बन्धलाई अघि बढाउने निर्णय गरिसकेको बताएका छन्। आजको नागरिकदैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...