News Portal

  • प्रधानमन्त्री ओली पार्टी फुटाउने, सङ्कटकाल लगाउने र संसद् विघटन गर्नेतर्फ लागे – वामदेव गौतम

    हिमालीसंचार संवाददाता
    ४९१ पटक

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन। बिहीबार निवासमा भेट्न आएका युवा विद्यार्थीसँगको कुराकानीमा नेता गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जिकिर गरे।

    उपाध्यक्ष गौतमले बैठकमा दुईजना अध्यक्षको छुट्टाछुट्टै दस्तावेज पेस भएको र ती प्रस्तावहरू छलफलद्वारा टुङ्गो लगाइने बताए। ‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ। त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले भने।

    आफू एकताकै पक्षमा भएको र विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुपर्ने नेता गौतमले बताए।उनले भने, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस्। म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु।

    गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाए। ‘प्रधानमन्त्री ओली बैठकमै नआउने, बैठक बहिष्कार गर्ने यो कम्युनिस्ट विधि, आचरणअनुसार भएन,’ नेता गैतमले भने।

    प्रधानमन्त्री ओलीे सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ लागेको पनि नेता गौतमले आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्रीको शैली हेर्दा पार्टी मिलाउनुपर्छ। एकता बचाउनुपर्छ भन्ने छैन, सङ्कटकाल लगाउने, संसद् विघटन गर्नेतर्फ उहाँ लाग्नुभएको छ।’

    अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरु गौतमलाई भेट्न बिहीबार उनकै निवासमा पुगेका थिए। तामाङसँगै सो संगठनका दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा. निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेता गौतमनिवास पुगेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...

    मनाङ उपनिर्वाचन: भदौ १९ देखि दल दर्ता सुरु हुने

    काठमाडौं, भदौ १७ – निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १(२) को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

    रास्वपा उम्मेदवार डा. थापाले सार्वजनिक गरे डिभोर्स प्रमाणपत्र

    बुटवल, भदौ १७ – रुपन्देही क्षेत्र नं. ३ मा आगामी उपनिर्वाचन हुँदैछ। यस क्षेत्रमा राष्ट्रिय...

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...