News Portal

पार्टीको एकता जटिल मोडमा छ : विष्णु पौडेल

हिमालीसंचार संवाददाता
४७१ पटक

शिव डुम्रे,
बुटवल – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपाको आन्तरिक जीवन जटिल मोडमा रहेको बताउनुभएकाेउ छ। उहाँले यो समय एकता भाड्न चहानेहरु चल्मलाएको भन्दै त्यसबाट जोगिन समेत अनुरोध गर्नुभयाे।

दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुग्नुभएका पौडेलले नेकपाको एकता ठूलो संकटमा परेको भन्दै एकता बिथोल्न खोज्नेहरुबाट जोगिन अनुरोध गर्नुभयाे। उहाँले नेकपा फुटोस भन्ने १ दर्जनसमेत नरहनेको उल्लेख गर्दै एकता जोगाउन अन्तिमसम्म लाग्ने प्रतिबद्धता समेत दिलाउनुभयाे।

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सारिएको भएपनि रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयाे। प्रदेश राजधानी सारिएको विरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिनुभयाे।

प्रदेशको राजधानी सार्ने समयमा आफू आन्दोलनमा सहभागी हुन नसकेको भन्दै उहाँले राजधानीलाई मुख्य विषय नबनाउन आग्रह गर्नुभयाे। उहाँले रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको राजधानीको भरपाइ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

उहाँले औद्योेगीक तथा पर्यटनको हव बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै बुटवल र रुपन्देही आर्थिक विकासका हिसावले राजधानी भन्दा कम नहुने दाबी गर्नुभयाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...