News Portal

पार्टीको एकता जटिल मोडमा छ : विष्णु पौडेल

हिमालीसंचार संवाददाता
५२५ पटक

शिव डुम्रे,
बुटवल – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपाको आन्तरिक जीवन जटिल मोडमा रहेको बताउनुभएकाेउ छ। उहाँले यो समय एकता भाड्न चहानेहरु चल्मलाएको भन्दै त्यसबाट जोगिन समेत अनुरोध गर्नुभयाे।

दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृहनगर पुग्नुभएका पौडेलले नेकपाको एकता ठूलो संकटमा परेको भन्दै एकता बिथोल्न खोज्नेहरुबाट जोगिन अनुरोध गर्नुभयाे। उहाँले नेकपा फुटोस भन्ने १ दर्जनसमेत नरहनेको उल्लेख गर्दै एकता जोगाउन अन्तिमसम्म लाग्ने प्रतिबद्धता समेत दिलाउनुभयाे।

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सारिएको भएपनि रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयाे। प्रदेश राजधानी सारिएको विरोधमा पार्टीबाट असन्तुष्ट बुटवलका उद्योगी ब्यवसायीहरुलाई नेकपाका महासचिव पौडेलले राजधानीको भरपाई हुने गरि बिकास दिने आश्वासन दिनुभयाे।

प्रदेशको राजधानी सार्ने समयमा आफू आन्दोलनमा सहभागी हुन नसकेको भन्दै उहाँले राजधानीलाई मुख्य विषय नबनाउन आग्रह गर्नुभयाे। उहाँले रुपन्देहीको समग्र विकास मार्फत लुम्बिनी प्रदेशको राजधानीको भरपाइ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

उहाँले औद्योेगीक तथा पर्यटनको हव बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै बुटवल र रुपन्देही आर्थिक विकासका हिसावले राजधानी भन्दा कम नहुने दाबी गर्नुभयाे।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...