News Portal

समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा नमूना बाल गृहका बालबालिकाहरुलाई कपडा सहयोग

हिमालीसंचार संवाददाता
१०९६ पटक

मोरङ – समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा उर्लाबारीका नमूना बाल गृहका बालबालिकाहरुलाई मकाउमा देउसी भैलो कार्यक्रममा उठेको रकममा थप साथीभाईको सहयोगले न्यानो कपडा वितरण गरेकी छिन्।

समाजसेवी गीता मगर शेर्पा विगत लामो समयदेखि मकाउमा कार्यरत छिन। समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा तिहार विशेष भाईटिकाको अबसरमा मकाउको ताईपा स्थित हिमालय रेष्टुरेन्टमा विशेष एक कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा भाईटिका संगै देउसी भैलो खेल्दा संकलित रकमबाट उर्लाबारीका बाल गृहलाई ५१ थान गीताकी बहिनी सीता मगर गुरुङले गृहकी अध्यक्ष मीना बराललाई ज्याकेट हस्तान्तरण गरेकी हुन्। ताप्लेजुङ बाल गृहका लागि २६ थान गरी ७७ थान न्यानो ज्याकेट बालगृहका लागि हस्तान्तरण गर्ने योजना रहेको गीता मगर शेर्पाले जानकारी दिएकी छिन्। 

उर्लाबारीको बाल गृहमा हाल ४७ जना बालबालिकाहरु आश्रित रहेको छ। बालगृह सहयोगीदाताकै भरमा सञ्चालन हुदै आएको छ। हस्तान्तरण कार्यक्रममा न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंघक लिम्बु, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, युवा व्यावसायिक प्रभु राई, विवेक हिङमाङलगायतको सहभागीता रहेको कार्यक्रममा गृहका सचिब जीवन घिमिरेले जाडोमा बालबालिकाहरुलाई आश्यक पर्ने ज्याकेट सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद प्रकट गरेका थिए। 

समाजसेवी गीता मागर शेर्पा सन् २०१७ बेस्ट कपल कम्पिटिसनमा उपाधि बिजेता यो जोडीले आफुले प्राप्त गरेका पुरस्कार समेत ताप्लेजुङको बाल मन्दिरका लागि आधारभूत सामाग्री सहयोग गरेको थियो। यसरी समाजका विभिन्न क्षेत्रमा मानवीय सहयोग गर्दै आएकी गीता मगर शेर्पाले हालै अमेरिकाबाट सहयोग अपील गरेकी बालिका सियोना श्रेष्ठका लागि मकाउबाट सन्जय धिमिरे, सागर श्रेष्ठ र गीता मगर शेर्पाको मुख्य नेतृत्वमा मकाउबाट ७३ जना सहयोगीदाताहरुबाट १ लाख ८४ हजार २ सय संकलन गरेर सम्बन्धित ब्यक्तिको खातामा जम्मा गरेकी थिइन।

देउसी भैलो कार्यक्रमबाट सहयोग गर्नु हुने “कुमारी लिम्बु-चाण्डी योङगा, सेनाम-राजु तामाङ, ममता-सुनील काफ्ले, भाग्य-निराज मगर, हिसिला-विकास मगर, रुस्तम श्रेष्ठ, गोरे गुरुङ, निराजन शाही, रुद्र धले, आशीष शर्मा, मंगल गुरुङ, चित्र बहादुर केसी(ज्याक दाई), धनकाजी तामाङ,अनिल कोइराला, ङवाङ ग्याल्जे शेर्पा, जलक्पा शेर्पा, तेन्जिङ नोर्गे, ग्याबु शेर्पा, एमवि सोन शेर्पा, दावा पासाङ शेर्पा, देउहाङ लिम्बु, टिशेरिङ लामा वालुङ, निकिला सुस्मिता थापा भण्डारी, देचेन पाल्मु शेर्पा र अमर लिङदेन-सर्मिला राई र गीता- भिम शेर्पा लगायदका सामाजिक अभियन्ता गीता मगर शेर्पाले सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव, सहयोगी मनप्रति हिमालीसंचारसंगको कुराकानीमा हार्दिक आभारसमेत व्यक्त गरेकी छिन्।

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...