News Portal

समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा नमूना बाल गृहका बालबालिकाहरुलाई कपडा सहयोग

हिमालीसंचार संवाददाता
१०७३ पटक

मोरङ – समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा उर्लाबारीका नमूना बाल गृहका बालबालिकाहरुलाई मकाउमा देउसी भैलो कार्यक्रममा उठेको रकममा थप साथीभाईको सहयोगले न्यानो कपडा वितरण गरेकी छिन्।

समाजसेवी गीता मगर शेर्पा विगत लामो समयदेखि मकाउमा कार्यरत छिन। समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा तिहार विशेष भाईटिकाको अबसरमा मकाउको ताईपा स्थित हिमालय रेष्टुरेन्टमा विशेष एक कार्यक्रम आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा भाईटिका संगै देउसी भैलो खेल्दा संकलित रकमबाट उर्लाबारीका बाल गृहलाई ५१ थान गीताकी बहिनी सीता मगर गुरुङले गृहकी अध्यक्ष मीना बराललाई ज्याकेट हस्तान्तरण गरेकी हुन्। ताप्लेजुङ बाल गृहका लागि २६ थान गरी ७७ थान न्यानो ज्याकेट बालगृहका लागि हस्तान्तरण गर्ने योजना रहेको गीता मगर शेर्पाले जानकारी दिएकी छिन्। 

उर्लाबारीको बाल गृहमा हाल ४७ जना बालबालिकाहरु आश्रित रहेको छ। बालगृह सहयोगीदाताकै भरमा सञ्चालन हुदै आएको छ। हस्तान्तरण कार्यक्रममा न्यानो अभियान नेपालका अध्यक्ष पूर्ण सिंघक लिम्बु, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, युवा व्यावसायिक प्रभु राई, विवेक हिङमाङलगायतको सहभागीता रहेको कार्यक्रममा गृहका सचिब जीवन घिमिरेले जाडोमा बालबालिकाहरुलाई आश्यक पर्ने ज्याकेट सहयोग गर्ने सहयोगीदातालाई धन्यवाद प्रकट गरेका थिए। 

समाजसेवी गीता मागर शेर्पा सन् २०१७ बेस्ट कपल कम्पिटिसनमा उपाधि बिजेता यो जोडीले आफुले प्राप्त गरेका पुरस्कार समेत ताप्लेजुङको बाल मन्दिरका लागि आधारभूत सामाग्री सहयोग गरेको थियो। यसरी समाजका विभिन्न क्षेत्रमा मानवीय सहयोग गर्दै आएकी गीता मगर शेर्पाले हालै अमेरिकाबाट सहयोग अपील गरेकी बालिका सियोना श्रेष्ठका लागि मकाउबाट सन्जय धिमिरे, सागर श्रेष्ठ र गीता मगर शेर्पाको मुख्य नेतृत्वमा मकाउबाट ७३ जना सहयोगीदाताहरुबाट १ लाख ८४ हजार २ सय संकलन गरेर सम्बन्धित ब्यक्तिको खातामा जम्मा गरेकी थिइन।

देउसी भैलो कार्यक्रमबाट सहयोग गर्नु हुने “कुमारी लिम्बु-चाण्डी योङगा, सेनाम-राजु तामाङ, ममता-सुनील काफ्ले, भाग्य-निराज मगर, हिसिला-विकास मगर, रुस्तम श्रेष्ठ, गोरे गुरुङ, निराजन शाही, रुद्र धले, आशीष शर्मा, मंगल गुरुङ, चित्र बहादुर केसी(ज्याक दाई), धनकाजी तामाङ,अनिल कोइराला, ङवाङ ग्याल्जे शेर्पा, जलक्पा शेर्पा, तेन्जिङ नोर्गे, ग्याबु शेर्पा, एमवि सोन शेर्पा, दावा पासाङ शेर्पा, देउहाङ लिम्बु, टिशेरिङ लामा वालुङ, निकिला सुस्मिता थापा भण्डारी, देचेन पाल्मु शेर्पा र अमर लिङदेन-सर्मिला राई र गीता- भिम शेर्पा लगायदका सामाजिक अभियन्ता गीता मगर शेर्पाले सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव, सहयोगी मनप्रति हिमालीसंचारसंगको कुराकानीमा हार्दिक आभारसमेत व्यक्त गरेकी छिन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...