News Portal

देश, जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं: भीम रावल

हिमालीसंचार संवाददाता
४८६ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन्। नेकपाभित्र देखिएको संकटबारे लक्षित गर्दै बुधबार बिहान रावलले ट्वीट गरेका छन्- फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्तावबारे आज दिउँसो १ बजे सचिवालय बैठकमा छलफल हुने भनिए पनि बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेका छन्। रावललले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारीत स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको पनि बताएका छन्।

उनले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओली आज सचिवालय बैठक सार्ने पक्षमा छन्। तर प्रचण्डसहित पाँच जना सचिवालय सदस्य आज सचिवालय बैठक गर्ने तयारी गर्दैछन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...