News Portal

देश, जनता र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं: भीम रावल

हिमालीसंचार संवाददाता
४२५ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन्। नेकपाभित्र देखिएको संकटबारे लक्षित गर्दै बुधबार बिहान रावलले ट्वीट गरेका छन्- फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।

नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ। गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्तावबारे आज दिउँसो १ बजे सचिवालय बैठकमा छलफल हुने भनिए पनि बैठक बस्ने भनिएकै समयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राखेका छन्। रावललले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारीत स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको पनि बताएका छन्।

उनले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओली आज सचिवालय बैठक सार्ने पक्षमा छन्। तर प्रचण्डसहित पाँच जना सचिवालय सदस्य आज सचिवालय बैठक गर्ने तयारी गर्दैछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...