News Portal

युवा नेता रविप्रकाशले दिए राजनीतिक सहिष्णुताको सन्देश

हिमालीसंचार संवाददाता
७२७ पटक

काठमाडौं – तिहारको रमझमले जनमानसमा हर्षोल्लास छाएको छ। अर्कोतर्फ कोरोनाको कहर बिच जनता माझ एक प्रकारको त्रासदी छाईरहेको जटिल समय छ। मानिसहरु घरघरमा मुठी खाएर मुरि उत्पादन गर्न व्यस्त छन। कोभिड-१९ भाइरसले सिर्जना गरेको गम्भीर परिस्थितीका विच जनतामा त्रास र आवश्यक सावधानीले सामाजिक, राजनीतिक गतिविधिहरु एक हिसाबले झण्डै ठप्प जस्तै छन। राजनीतिक नेताहरु समेत प्राय आफ्नै हिसाबले सुरक्षित भएर घरमै बस्दै आएको स्थिति छ।

यहि बिचमा, यस महत्वपुर्ण समयलाई सदुपयोग गर्दै नेपाली काङ्ग्रेसका युवा नेता एवं खोटाङका महासमिति सदस्य रबिप्रकाश राई भने जनताको समस्या र समग्र सामाजिक, राजनीतिक धारणा बुझ्न जनताको घर दैलोमा व्यस्त छन। विगत केही महिना देखि जिल्ला दौडाहामा व्यस्त नेता राईले जनताको घर दैलोमा पुगेर जनताको स्थिति र कोभिड-१९ले उनिहरुको जिवनमा सिर्जना गरेको समस्या बुझ्न प्रयत्नरत छन।

यहि क्रममा नेता राईले खोटाङ जिल्लाको माथिल्लो भेग उभो-खोलामा अवस्थित केपिलासगढी गाउपालिका मा पुगि त्यहाका स्थानिय नेता, कार्यकर्ता साथै सर्वसाधारण जनताको घरदैलोमा पुगेर उनिहरुको हालखबर बुझेका छन। युवा नेता रविप्रकाश राई सङ्गसङ्गै केपिलासगढी पुगेका नेबिसंघ नेता एवम् प्रजातान्त्रिक वैचारिक महासंघका जिल्ला महासचिव दिपेन्द्र राई अनुसार सरकारको अकर्मण्यता, गैरजिम्मेवारिले जनता आजित भएको प्रतिक्रिया प्राप्त गरेको बताएका छन।

कोरोना कहरले जनतामा समस्या छाएको बेला सरकार भ्रष्टाचार र वेतिथिमा व्यस्त छ। जनतामा कोरोना महामारिको कारण सिर्जित समस्या समाधान गर्न सुर नबोकेको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक सत्ताको जुङ्गे लडाईमा अस्तव्यस्त छ र समग्र सरकार असफल भइसकेको प्रतिक्रिया जनताको घरदैलोमा पुग्दै गर्दा जनताले दिएको उनले बताए। त्यसैगरी युवा नेता रविप्रकाश राईले केपिलासगढी भ्रमण कै क्रममा प्रदेश क्षेत्र ‘क’ का माननीय राजन राईको घर पुगेर आमा बुवा सङ्ग भेट गर्दै आम जनतालाई राजनीतिक सहिष्णुताको सन्देश समेत दिएका छन।

दलिय स्वार्थ र राजनीतिमा पार्टीगत हिसाबले कार्यकर्ता बिचको पानी बाराबारको परम्परागत कार्यशैलीलाई क्रमभङ्ग गर्दै नेता राईले माननिय राईको घरसम्मै पुगेका थिए। नेता राईले बताए, ” हाम्रो नेकपा सङ्ग अनेकौ सैद्धान्तिक र व्यवहारिक असन्तुष्टिहरु छन, हामी उहाहरुलाई निरन्तर खबरदारी गरिनै रहनेछौ। तर झन ठूलो समस्याको रुपमा विकसित भएको दलिय असहिष्णुताको समस्यालाई हामी सम्पुर्ण नेता कार्यकर्ताले समाधान गर्न अत्यावश्यक छ। यसले हामीलाई भोलिको दिनमा राजनीतिक सङ्कटको विन्दुमा समेत पुर्याउन सक्दछ।”

नेता राईले थप्दै भने,”हामी नेता कार्यकर्ता भनेका जनताका सेवक हौं। हामी जुन सुकै पार्टिमा कार्यरत किन नहौ हाम्रो अन्तिम उद्देश्य भनेको जनताको सेवा नै हो। त्यसकारण पनि राजनीतिक दल र नेता कार्यकर्ताहरुले एक अर्कालाई सम्मान र सद्भावको दृष्टिले हेर्दै सहकार्यको मार्ग प्रशस्त गर्न आवश्यक छ। मेरो प्रयत्न यसैको लागि हो।” युवा नेता राई संगसङ्गै सुचना, संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य बिकल राई, नेबिसंघ वरिष्ठ नेता एवम् प्रजातान्त्रिक वैचारिक महासंघका जिल्ला महासचिव दिपेन्द्र राई, तरुण नेता रोशन क्षेत्री केपिलासगढी भ्रमणका लागि पुगेका थिए।

साथै भ्रमणको क्रममा सोही गाउपालिका का नेताहरु जिल्ला संगठन विभाग एवं छाया सरकार प्रमुख समीर राई, जिल्ला सदस्य एवं कृषि तथा सहकारी विभाग प्रमुख भक्तजङ्ग राई, केपिलासगढी गाउपालिका सभापति हेमन्त राईको समुपस्तिथि रहेको जानकारी तरुण नेता रोशन क्षेत्रीले दिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...