News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित

    हिमालीसंचार संवाददाता
    ३८५ पटक

    काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका नेताहरूलाई समायोजन गरेको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपाका नेता सुनिलबहादुर थापालाई सह–महामन्त्रीमा समायोजन गरेको पार्टी कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।

    ‘२०७७ साल श्रावण १३ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरुको उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित जम्मा ३१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको अवगत नै छ’, विज्ञप्तिमा भनिएको छ।

    ‘राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका सो पार्टीका केन्द्रीय नेताहरूको नेपाली कांग्रेस पार्टीमा समायोजन गर्नका लागि भएको सहमतिलाई ध्यानमा राखी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा (४) (१०) (ङ) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा देहाय बमोजिम समायोजन गर्ने निर्णय भएको छ’, कांग्रेसद्वारा विज्ञप्तीमा उल्लेख छ।

    समायोजन गर्दा कांग्रेसले सुनिलबहादुर थापा (धनकुटा)लाई सह–महामन्त्री बनाएको छ। केन्द्रीय सदस्य हुनेमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टिएन योगी (ललितपुर) रहेका छन्।

    कांग्रेसले राप्रपाबाट पार्टी प्रवेश गरेका दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली), राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत बनाएको छ।

    प्रतिकृया दिनुहोस्

    उपन्यायाधिवक्ता कटुवालले लिँदैछन् रविको बयान

    काठमाडौं। काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी...

    सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा विद्रोही सेनाको आक्रमण

    एजेन्सी। सिरियामा विद्रोही सेनाले उत्तर–पश्चिमी क्षेत्रमा ठूलो आक्रमण गरेको छ। पछिल्ला केही वर्षहरुमा राष्ट्रपति बसर...

    मंसिर १४ गते शुक्रबारको तपाईको आजको राशिफल

    आज मिति २०८१ साल मंसिर १४ गते शुक्रबार || सन् २०२४ नोभेम्बर २९ तारिख नेपाल...

    कुवेतबाट नेपाल पैसा पठाउँन लागि सजिलो र भरपर्दो बैंक ‘अमन एक्सचेन्ज’

    कुवेतको अमन एक्सचेन्जबाट नेपालको आईएमई पे वालेट खातामा र आईएमई बैंककाे काउण्टर तथा जुनसुकै बैंक...

    आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीकाे चाप बढ्दै

    मोरङ। माेरङकाे रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयकाे भवनमा बिगत ४ बर्षदेखी मेरो स्वास्थ्य मेरो...