घर छाडी मुग्लान आएको पनि आमा धेरै भो
सम्झी आमा तिम्रो चोली मुटु छियाछिया भो ।
भाले बासी मिर्मिरेमा तिमी सगै उठाउनु भो
घर छाडी परदेश आको पनि आमा धेरै भो ।।
ताते गर्दै हिंड्न् बोल्न सिकाउने मेरी आमा
पराईको देशमा भकानिदै सम्झिए आमा ।
सम्झी बालपनको साथी संगी मुटु छियाछिया भो
घर छाडी मुग्लान आएको पनि आमा दसकौ भो ।।
चर्को घमले पोल्दा देउरालीको बरपिल सम्झी रोए
सुख्खा खबुस गाली खादै गुन्द्रुक ढिढो सम्झी रोए ।
खाली खुट्टा शहर आउदा चप्पल लाउदा मन खुसी भो
घर छाडी मुग्लान आएको पनि आमा धेरै भो ।।
गजेन्द्र खालिङ
रावा हौचुर, खोटाङ (हाल: दोहा कतार)