News Portal

नेकपाभित्रको विवाद संसदीय समितिमा प्रवेश

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाडाैं – सत्तारुढ नेकपा अहिले आन्तरिक विवादमा फसेको छ। नेकपाका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक बस्न सकेका छैनन् भने शीर्ष तहको विवाद साम्य हुने संकेत पनि देखिएका छैनन्।

पार्टी कमिटी बसेर विवादबारे छलफल हुन नसक्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षबीचको तिक्तता दिनदिनै बढ्दो छ।

पार्टीभित्र शीर्ष तहबाट साम्य पार्ने प्रयास नहुँदा पार्टीको तल्लो तहमा पनि विवादको प्रभाव पर्दै गइरहेको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रदेशमा मदन भण्डारी फाउन्डेशनमार्फत कार्यक्रम चलाइरहेको छ।

दाहाल-नेपाल पक्षले भने त्यस्ता गतिविधिले पार्टीलाई विभाजन उन्मुख गराएको भन्दै विरोध गरिरहेको छ। पार्टी शीर्ष तह हुँदै कार्यकर्तामाझ फाटो ल्याएको नेकपाको विवाद संसदीय समितिमा पनि प्रवेश गरेको छ।

सरकारले गरेका निर्णयलाई लिएर प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपाका सांसदहरू गुटगत रूपमा विभाजित भएका हुन्। मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले देशको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लाई परिवर्तन गरेर ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो।

उक्त विषयमा सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा आलोचना भएपछि राज्य व्यवस्था समितिले सोमबार छलफलको विषय बनाएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...