News Portal

  • गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ति

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति सोही पार्टीका नेताहरुले असन्तुष्टि जनाउन थालेका छन् ।

    नेकपा स्थायी समिति सदस्य भीम रावलले ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको विवादको विषयमा परामर्श गर्नु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन भएको बताएका हुन् ।

    नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने समेत उल्लेख गरेका छन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

    नेकपा विवादका विषयमा राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको विषय बाहिर आएपछि त्यसको आलोचना हुँदै आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...