News Portal

गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ति

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति सोही पार्टीका नेताहरुले असन्तुष्टि जनाउन थालेका छन् ।

नेकपा स्थायी समिति सदस्य भीम रावलले ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको विवादको विषयमा परामर्श गर्नु राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन भएको बताएका हुन् ।

नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने समेत उल्लेख गरेका छन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् ।

नेकपा विवादका विषयमा राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको विषय बाहिर आएपछि त्यसको आलोचना हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...