News Portal

राष्ट्रपतिको आग्रह बामदेवलाई पार्टी एकता जोगाउन निर्देशन

हिमालीसंचार संवाददाता
३४७ पटक

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार साँझ गौतम शितल निवास पुगेका हुन् ।

गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए। भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् । पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले भने ।

जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताए । राष्ट्रपति भण्डारीसँग आधा घण्टा सम्वाद गरी गौतम फर्किएका छन् ।

नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आएका छन् । गएको असार १० देखि बसेको स्थायी कमिटी बैठकमा त गौतमले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । तर, पछि गौतम आफ्नो अडानबाट पछि हटेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...