News Portal

  • खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर

    हिमालीसंचार संवाददाता
    ६८० पटक

    काठमाडौं – ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ। खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे छ।

    हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा घटाउने गर्दछ। खुर्सानीमा एन्टी–अक्सिडेन्ट भरपूर पाइन्छ, जुन स्वास्थ्यका लागि ज्यादै लाभदायक रहने गर्छ र रक्तसञ्चारमा पनि खुर्सानीले मद्दत गर्ने गर्छ।

    हालै भएकाे एक अध्ययनले त खुर्सानीको महत्व अझ भारी देखाएको छ। एक्सपेरिमेन्टल बायोलोजीमा प्रकाशित अध्ययन रिपोर्टले खुर्सानीले फोक्सोको क्यान्सर फैलनबाट रोक्ने दाबीसमेत गरेको छ। रिपोर्टअनुसार, खुर्सानीमा पाइने क्याप्साइसिनले फोक्सोको क्यान्सर रोकथाममा मद्दत गर्छ र बढ्दो प्रदूषण, धुम्रपान तथा अव्यवस्थित जीवनशैलीका कारण महिला तथा पुरुष दुवैमा फोक्सोको समस्या बढ्दै गएका वेला यो अध्ययनलाई ठूलो उपलब्धिको रुपमा मानिएकाे छ।

    सुगर नियन्त्रण गर्न हरियो खुर्सानी !

    खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ। भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ।

    स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ पुऱ्याउने अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्। शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ।

    यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी छ।

    माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

    हिमालीसंचार कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो...

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...