News Portal

वामदेव सक्किए अब माधब नेपाल पनि सकिन्छन – नेकपा नेता बस्नेत

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिमा जहिलेपनि तेस्रो शक्ति निर्णाय हुने र सक्किएको ईतिहास सुनाएका छन्।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले अब कहिले प्रचण्डसँग मिलेर अघि बढ्न खोज्ने वा कहिले केपी ओलीसँग मिलेर जान खोजे नेता नेपालपनि सक्किने टिप्पणी गरेका छन्।

नेकपाभित्रको कुरा गर्दा आजको दिनमा माधव कुमार नेपाल निर्णायक शक्ति हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता बस्नेतले भने,‘तेस्रो धार चाहीँ निर्णायक शक्ति हुन्छ, सकिन्छ नेपालको राजनीतिमा।

तपाईले कत्तिको याद गर्नुभएको छ ? कुनैबेला राप्रपा तेस्रो धार थियो, सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पालैपालो प्रधानमन्त्री बन्नुभयो र मनमोहनको सरकार ढाल्नेदेखि लिएर गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्नेसम्मको कुराले त्यसले क्षति कांग्रेसलाई पनि गर्यो।

देउवा र गिरिजाबीचको विभाजनको तहमा नै पुग्यो। हाम्रो पार्टी पनि फुट्यो। तर, त्यसले के भन्दा राप्रपा भन्ने पार्टी चाही सधैंको लागि सकियो। हाम्रो पार्टीभित्र पनि कुनैबेला सिपी मैनाली तेस्रो शक्ति हुनुहुन्थ्यो, सिपी मैनाली सकिनुभयो।

कुनै बेला वामदेव गौतम तेस्रो शक्ति हुनुहुन्थ्यो, वामदेव गौतमले माले बनाउनुभयो, र वामदेव गौतम पनि लगभग सक्किनुभयो। तेस्रो शक्ति निर्णायक हुन्छ, तर सकिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...