News Portal

आन्तरिक राजनीति गम्भीर मोडमा -पुष्पकमल दाहाल प्रचण्ड

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीति गम्भीर मोडमा पुगेको छ । खासगरी पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीति गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमै स्वीकार गरेका छन्

उनले एकीकृत नेकपाको अस्तित्व नै संकटमा परेको भन्दै जोगाउन नेता, कार्यकर्ता र सबै सदस्यहरुलाई अपील समेत गरेका छन् । हत्तपत्त पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त नगर्ने महासचिव पौडेलले आइतबार फेसबुक र ट्वीटरमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको गम्भीर चिन्ता व्यक्त गरेपछि नेकपाभित्र केही न केही खिचडी पाकिरहेको छ भन्ने पुष्टि गरेको छ ।

‘पार्टी महासचिवबाटै यो खालको स्ट्याटस् आउनु भनेको पार्टी गम्भीर मोडमा पुगेको छ भन्ने बुझिन्छ’, एक स्थायी समिति सदस्य भन्छन्, ‘यो पार्टीमा दुई अध्यक्ष मात्रै छैनन् । सचिवालयका अरु सदस्य के गर्दैछन् । के सचिवालयका अरु सदस्यहरु मुकदर्शक भएर बस्न मिल्छ ? स्थायी समितिका सदस्यहरु र केन्द्रीय समिति सदस्यहरुले के हेर्दैछन् ? के उनीहरुको भूमिका छैन, हुनुपर्दैन ?’ उनले आफ्नो नाम उदृत नगर्न आग्रह गर्दै भने, ‘अन्य पार्टी कमिटीहरु जिउँदो लाश बन्न मिल्दैन ।’

खुमलटारको निषकर्ष पार्टी फुट्न नदिने 

यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल  गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...