News Portal

मलाई आतंकको घेरा भित्र हालेर

हिमालीसंचार संवाददाता
५७७ पटक

मलाई आतंकको घेरा भित्र हालेर
तिमी भनिरहेछौ,
आत्म समर्पण गर
आफ्नो स्वाभिमान त्यागेर
म निरीह छु भन,
तेस पछि तिम्रो उपचार गरुला ।

ख्वामित !
तिम्रो दया मलाई चाहिएको होइन,
मेरो हक के हो ?
खोजेको मात्रै हु ।
हे परवरदिगार !
मैले भीष मागेको होइन
तिमिले नै लेखेको सम्बिधनको व्याख्या चाहेको हो ।

मलाई माफ गर मेरो मालिक
मैले आफुलाई
यो समयमा कङगाल घोषणा गर्न सक्दिन ।

तिम्रो पो सत्ता छ, भत्ता आउँछ,
मैले के दिनु कोषमा ?
तिम्रो पो शासन छ, रासन जुटिहाल्छ
मैले कसरी लालाबाला पाल्नु ?
भुइमान्छे तिमी थियौ
शिखरमा पुग्यौ
भुइमान्छेको पिडा बिर्स्यौ

तर, याद गर
टुप्पोबाट लडेउ भने के कसो हुन्छ ?
हामी त जमीन मै छौ,
लढे पनि, झरे पनि हाम्रै जमिन त हो नि

माफ गर मेरो ख्वामित
म मेरै झुपडीमा मरुला
तर, तिम्रो सामुन्ने
आफुलाइ कंगाल घोषणा गर्दिन ।

टंक राई, खोटाङ

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...