News Portal

नआएको दशै

हिमालीसंचार संवाददाता
६५८ पटक

मन्सुली धानको बाला
लचक्क झुले सँगै
सुन्तला दानाले नुगाएर
भुँई छुन लाग्दा,
दशै आएको छ।

तर मलाई,
मन्सुली धानको बालासँग
गुनासो गर्न मन छ,
सुन्तलाले भुँई छुन लाग्दा
गुनासो गर्न मन छ।

यो धानको बाला अहिले नै
नझुलेको भए
दशै अहिल्यै आउने थिएन,
सुन्तलाले भुई छुन नलागेको भए
मेरो रगतको डल्लोहरुको
याद आउने थिएन।

मलाई मन छैन
कालो बोकालाई
देवीको नाउमा चडाई
प्रसादको नाउमा खान।

मलाई मन छैन,
सेता फुस्रा चामललाई
रातो अविरले रङ्ग्याउन,
मलाई मन छैन,
राटो माटो र पहेलो केशरीले
घर रङ्ग्याउन,
कोषौ पर जिउँदो मुर्दाहरुको
शहरमा रहेकी मेरी छोरीको
केशराशी र मुहारलाई रङ्ग्याउन मन छ।

मलाई घरका
माकुराको जालालाई च्याट्न मन छैन,
दूर देशमा रहेको
मेरो छोराहरूको फाटी रहेको मनलाई
टाल्न मन छ
फेरी कहिल्यै नफाट्ने गरी।

मलाई मन छैन,
घर वरिपरिका सिस्नु र
तितेपाटीको काला झाडी फाड्न
मलाई हरेक दशैमा आउने यो
कालो दिनलाई फाल्न मन छ।

पारी देउराली डाँडाबाट
दशै आयो है भन्दै हर्न बजाउदै
ढलपल ढलपल गर्दै छतभरि दशै बोकेर
आएको जिपले
केवल मेरो तिर्सना ल्याएको छ,
मेरो खुशी ल्याएको छैन।

यो दशैले केवल
पुराना विगत ल्याएको छ
मेरा नानाबालाको कोमल हात,
खिस्स परेको ओठ ल्याएको छैन।

यो दशैमा दशै आएको छैन
साच्चै दशै दशै जस्तो
लाएको छैन।।

~ सृष्टि मल्ल
चापाकोट नगरपालिका-५ सेखाम, स्याङ्जा
हाल : भक्तपुर, नेपाल।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...