News Portal

हिजोका माओवादीहरू ओलीका चरणमा लम्पसार !

हिमालीसंचार संवाददाता
३६० पटक

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फ डा. भट्टराईले बालुवाटार दरबारको आदेशमा वागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेश बनिरहेको उल्लेख गर्दै हिजोका हाम्रा माओवादी ‘झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार’ परेको कटाक्ष गरेका हुन्।

‘ओली उवाच- ‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो !’ अर्थात् अहिलेको प्रदेश पञ्चायतकालको अञ्चलजस्तो मात्रै हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन् ! तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउॅला भन्दै ओलीका चरणमा लम्पसार !’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...