News Portal

हिजोका माओवादीहरू ओलीका चरणमा लम्पसार !

हिमालीसंचार संवाददाता
४०० पटक

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फ डा. भट्टराईले बालुवाटार दरबारको आदेशमा वागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेश बनिरहेको उल्लेख गर्दै हिजोका हाम्रा माओवादी ‘झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार’ परेको कटाक्ष गरेका हुन्।

‘ओली उवाच- ‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो !’ अर्थात् अहिलेको प्रदेश पञ्चायतकालको अञ्चलजस्तो मात्रै हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन् ! तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउॅला भन्दै ओलीका चरणमा लम्पसार !’

प्रतिकृया दिनुहोस्

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...