News Portal

यमलाल कँडेल समूहको भेटवार्ता अध्यक्ष प्रचण्डसँग

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाडौं -कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेटेको छ । प्रचण्डलाई भेट्न कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो ।

भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री नेताहरुलाई काठमाडौं बोलाएका थिए । मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु बिहीबार आएका हुन् ।

तर, दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन। बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका कारण प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भेटवार्ता गर्न नपाएको बालुवाटार स्रोतले जनाएको छ ।

शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि नेता नेपाल पक्षका सांसदहरु पछि हटेपछि मुख्यमन्त्री पद जोगिएको छ । नेता नेपाल खेमाका तीन सांसदलाई मन्त्री बनाउने मुख्यमन्त्री शाहीले सहमति गरेका छन् भने सचेतक नियुक्त गरिसकेका छन् । तर, कँडेलले भने अविश्वासको प्रस्ताव फिर्ता भइनसकेको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...