News Portal

बाबुरामलाई किरणको आग्रह: वली, प्रचण्ड र देउवाको भ्रष्टाचार बाहिर ल्याउ !

हिमालीसंचार संवाददाता
५२७ पटक

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक रवि किरण हमालले जसपा वरिष्ठ नेता बाबुराम भट्टराईलाई माओवादी क्यान्टोनमेन्ट र बुढीगण्डकी प्रकरणमा भएको अर्बौं भ्रष्टाचार बाहिर ल्याउन आग्रह गरेका छन्।

केही वर्ष अगाडि कैलालीमा भएको कार्यक्रममा बाबुरामले माओवादी क्यान्टोनमेन्टमा प्रचण्डको टिमले अर्बौं भ्रष्टाचार गरेको बताएका थिए। बिहीबार मात्र गोर्खामा आयोजित एक कार्यक्रममा बोल्दै बुढीगण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री केपी शर्मा वली, पुर्वप्रधानमन्त्रीहरु प्रचण्ड र देउवा मिलेर नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

उनले आफूसङ प्रमाण रहेको समेत दाबी गरेका छन्। बाबुराम भट्टराईसंगको तस्बिर सामाजिक संजालमा राख्दै उनले सत्यतथ्य बाहिर ल्याउन बाबुरामसंग माग गरेका छन्।

किरणले लेखेका छन् “यो अत्यन्तै गम्भीर विषय हो, यदि त्यसो हो भने, बाबुराम भट्टराईले सार्वजनिक रूपमा प्रमाण नेपाली जनता समक्ष प्रस्तुत गर्नुपर्छ, प्रधानमन्त्री वलीले राजीनामा दिनुपर्छ।”

नागरिकका तर्फबाट  उच्चस्तरीय संयन्त्र बनाएर छानबिन गरेर कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्नेसमेत उनले बताएका छन्।

मुलधारको राजनैतिक नेतृत्व भ्रष्ट रहेको समेत नयाँ शक्तिले आरोप लगाएको छ।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...