News Portal

नेपाली काँग्रेसको १४औँ महाधिवेशन सर्ने !

हिमालीसंचार संवाददाता
५२४ पटक

काठमाडाैं – नेपाली काँग्रेसको फागुनमा हुने १४औँ महाधिवेशनको तयारी तीव्र बनाउन कोरोना भाइरस (कोभिड–१९) बाधक देखिएको छ। कोरोना सङ्क्रमणका कारण तयारी गर्न कठिन भएपछि महाधिवेशन सर्ने सम्भावना देखिएको छ।

महाधिवेशनका लागि वडा तहमा क्रियाशील सदस्यता वितरणको कार्य धेरै जिल्लामा जारी रहे पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढी भएका जिल्लामा सदस्यता वितरण कार्य अगाडि बढ्न सकेको छैन।

तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते भएको सहमति अनुसार हुनुपर्ने समायोजन प्रक्रिया टुङ्गोमा पुगेको छैन। हालसम्म ७३ जिल्लाको सकिएको र ४ जिल्लाको बाँकी छ। सिरहा, सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए।

समायोजन प्रक्रिया पूरा भएका ७० जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्न फाराम लगिसकेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको भनाइ छ।

पछिल्लोपटक केन्द्रीय कार्यसमितिको असार २२ गते बसेको बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टी अन्तरिम संरचनाको समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म तोकेको थियो। सबै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो।

केन्द्रले अहिलेसम्म त्यस बारेमा के गर्ने भनेर निर्णय गर्न सकेको छैन। पार्टीका मुख्य सचिव पौडेलले कोरोना प्रभाव कम भएका धेरै जिल्लाले असोजभित्र क्रियाशील सदस्यता वितरणको कामलाई अन्तिम रूप दिन लागेको जानकारी दिए। क्रियाशील सदस्यता वितरणको प्रक्रियाले पूर्णता पाएको दुई महिनाभित्र सबै तहका अधिवेशन गर्न सकिने भनाइ पौडेलको छ।

काँग्रेसको साउन २२ मा बसेको पदाधिकारी बैठकले १४औँ महाधिवेशन गर्न क्रियाशील सदस्यको सङ्ख्या शतप्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। यही असोज २५ गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिकामा परिमार्जन गर्ने जानकारी पनि पौडेलले दिए। गोरखापत्र दैनिकमा खबर छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...