News Portal

नेपाली कांग्रेसले तोडफोड गर्ने तीन सांसदलाई कारवाही गर्ने

हिमालीसंचार संवाददाता
८२१ पटक

काठमाडौं – प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ।
संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो।

कांग्रेस स्रोतका अनुसार सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए।

सानेपामा सोमबार नै बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक कोरोनाका कारण बस्न नसकिरहेका बेला देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेको स्रोतले बतायो । कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न देउवाले निर्देशन दिएको एक नेताले अनलाइनखबरलाई बताए।

‘खास गरी तीनजना सांसदको व्यवहार देखेर सभापति आक्रोशित हुनुभएको छ’ कांग्रेसका एक नेताले भने, ‘तीनैजना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पुर्‍याएर कारवाही हुन्छ।

सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए। अन्य केही सांसदले पनि उनीहरुलाई साथ दिएका थिए।

रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्‍‍याइनु कांग्रेसको नीति विपरीत भएको एक नेताले बताए।

यसैवीच, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सोमबार नै ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन्।

शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।

 

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...