News Portal

महरालाई स्थायी कमिटीमा ल्याउन ओली असहमत !

हिमालीसंचार संवाददाता
४७० पटक

काठमाडौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउन अनिच्छुक देखिएका छन्। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महराले अदालतबाट सफाइ पाइसकेको स्थायी कमिटीमा ल्याउन इच्छा राखेका छन् तर, ओलीले महराको विषयमा थप छलफल गर्नुपर्ने भन्दै रोकेको महरानिकट एक नेताले बताए।

अध्यक्ष प्रचण्डले महरालाई यसअघि असोज ५ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकबाट स्थायी कमिटीमा ल्याउने तयारी गरेका थिए तर, अर्का अध्यक्ष ओलीले दुई अध्यक्षले थप छलफल गरेर मात्रै स्थायी कमिटीमा ल्याउने भनेपछि रोकिएको थियो।

‘पार्टी अध्यक्ष ओली कमरेडले महरा सरलाई भेटेर छलफल गर्नुपर्छ भन्नु भएको थियो। एकपटक भेटेर छलफल गरेपछि पार्टीमा फर्काउन सजिलो हुन्छ भन्नु भएको थियो, महरानिकट ती नेताले भने तर, महरा सरले ओली कमरेडलाई भेट्न धेरै पटक प्रयास गर्नुभयो। अहिलेसम्म भेट्ने समय मिलेको छैन।

सभामुख हुँदा महराले मिलेनियम च्यालेन्ज कर्पोरेसन कर्पोरेसन (एमसिसी) पारित गराउन सहयोग नगरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट थिए। त्यहीँ विषयलाई प्रधानमन्त्रीले इगो बनाएकाले महरालाई स्थायी कमिटीमा ल्याउन समस्या भएको हुन सक्ने महरा निकट नेताहरुको विश्लेषण छ।

तर, महरानिकट केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले ‘महरा सर’ स्थायी कमिटीमा छिट्टै आउन सक्ने बताए। ‘महरा सरलाई स्थायी कमिटीमा ल्याउन प्रचण्ड सकारात्मक हुनुहुन्छ। अर्का अध्यक्ष पनि सहमत भए उहाँलाई स्थायी कमिटीमा ल्याउन समस्या हुँदैनहोला, शर्माले भने, गत असोज ६ गतेको सचिवालय बैठकले एकताका बाँकी कामसँगै पार्टी नेताहरुको कार्यविभाजन समेत टुंगो लगाउने भनिएकाले त्यसैमा महरा सरबारे प्याकेजमा टुंगिन सक्छ।

महरा माओवादी पार्टीमा हुँदा सचिवालय सदस्यको जिम्मेवारीमा थिए। वाम गठबन्धनबाट महरा सभामुख भएका थिए। संसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन गरेको आरोप लागेपछि गत असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। त्यहीँ विषयमा मुद्धा परेपछि जिल्ला अदालत काठमाडौंले गत फागुन ५ गते निर्दोष सावित गरी सफाइ देखिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...