News Portal

म्याग्दीको शिरैमा नारच्याङ झरना (फोटो फिचर)

हिमालीसंचार संवाददाता
८०५ पटक

ठाकुरप्रसाद आचार्य/म्याग्दी – गाउँको शिरैमा मनमोहक झरना। तल सुन्दर वस्ती। यो हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ गाउँ। गाउँको शिरबाट झर्ने छहरा खोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ। मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन्। बेनी जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाका कारण पर्यटकहरु लोभिने गर्दछन्।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण झरनाको अवलोकनमा विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक फाट्टफुट्ट आउने गरेको स्थानीयबासी टेकबहादुर पुनले बताए।

झरनाको तल फेदीमा भुमेथानको मन्दिर छ। झरनाको फेदीमा पुग्न पदमार्ग निर्माण गरिएको छ। म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनको यात्राबाट ३ घण्टामा झरनामा पुग्न सकिन्छ।

तस्बिर: गोरखापत्रबाट।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...