News Portal

म्याग्दीको शिरैमा नारच्याङ झरना (फोटो फिचर)

हिमालीसंचार संवाददाता
६३९ पटक

ठाकुरप्रसाद आचार्य/म्याग्दी – गाउँको शिरैमा मनमोहक झरना। तल सुन्दर वस्ती। यो हो म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ गाउँ। गाउँको शिरबाट झर्ने छहरा खोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ। मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन्। बेनी जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाका कारण पर्यटकहरु लोभिने गर्दछन्।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण झरनाको अवलोकनमा विदेशी पर्यटक नआए पनि आन्तरिक पर्यटक फाट्टफुट्ट आउने गरेको स्थानीयबासी टेकबहादुर पुनले बताए।

झरनाको तल फेदीमा भुमेथानको मन्दिर छ। झरनाको फेदीमा पुग्न पदमार्ग निर्माण गरिएको छ। म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनको यात्राबाट ३ घण्टामा झरनामा पुग्न सकिन्छ।

तस्बिर: गोरखापत्रबाट।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...