News Portal

प्रदेश ५ को नामकरण लुम्बिनी र राजधानी भालुवाङ बनाउन प्रस्ताव

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौं – प्रदेश ५ को नामकरण लुम्बिनी र राजधानी भालुवाङ बनाउन नेकपाको प्रस्ताव सभामा पेश हुँदैछ। प्रदेश ५ को राजधानी भालुवाङ राख्ने सहमति नेकपाभित्र भएको पार्टी स्रोतले जानकारी दिएको हो।

सभामुख पूर्णबहादुर घर्तीले यो सम्बन्धी प्रस्ताव सभामा पेश गर्न कार्यविधिबारे जानकारी गराउँदै प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

नेकपा स्रोतका अनुसार अनुसार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका छन्।

शुक्रबार प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठक बसेर यसबारे निर्णय गरेको स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णय भने सार्वजनिक भएको छैन। अहिले प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले यससम्बन्धी प्रस्ताव पेश गरेका छन्।

प्रतिकृया दिनुहोस्

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...