News Portal

  • प्रदेश ५ को नामकरण लुम्बिनी र राजधानी भालुवाङ बनाउन प्रस्ताव

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    काठमाडौं – प्रदेश ५ को नामकरण लुम्बिनी र राजधानी भालुवाङ बनाउन नेकपाको प्रस्ताव सभामा पेश हुँदैछ। प्रदेश ५ को राजधानी भालुवाङ राख्ने सहमति नेकपाभित्र भएको पार्टी स्रोतले जानकारी दिएको हो।

    सभामुख पूर्णबहादुर घर्तीले यो सम्बन्धी प्रस्ताव सभामा पेश गर्न कार्यविधिबारे जानकारी गराउँदै प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

    नेकपा स्रोतका अनुसार अनुसार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका छन्।

    शुक्रबार प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठक बसेर यसबारे निर्णय गरेको स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णय भने सार्वजनिक भएको छैन। अहिले प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले यससम्बन्धी प्रस्ताव पेश गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...