News Portal

  • मिडिया र पत्रकारविरुद्ध प्रधानमन्त्री केपी ओलीको सत्तोसराप !

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    काठमाडौं – लामो समयदेखि मिडियामा त्यति चर्चामा नआएका प्रधानमन्त्री केपी ओली बुधबार रातिदेखि फेरि चर्चामा छन्। यसपटक फेरि उनले मिडिया र पत्रकारविरुद्ध भँडास पोखेका छन्। लोकतन्त्रका लागि ओली १४ वर्षसम्म जेल बसेको भनेर लेखिदिने मिडिया नै हो।

    भारतको नाकाबन्दीताका राष्ट्रवादी छवि बनाइदिएको ओलीलाई मिडिया र पत्रकारले नै हो। तीनै तहको चुनावताका ओलीलाई निर्विकल्प नेता भनेर मिडियाले नै हाइलाइट गरिदिएको हो तर, ती सबै गुण बिर्सिंदै ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेपछि निरन्तर मिडिया र पत्रकारलाई प्रहार गर्न छाडेका छैनन्। मिडियाकै कारण आफ्नो छवि खलनायक बन्दै गएको अनुभव बल्ल ओलीले महसुस गर्न थालेका छन्।

    बुधबार नेकपा निकट सम्पादकहरूलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो मनको भँडास पोखे। उनले ‘मिडियाले जे लेखे पनि सरकारले सुनिदिनुपर्ने, तर आफूले केही चिसिक्क छोए बुरुक्क उफ्रिने’ भनेर पत्रकारको सत्तोसराप गरे।

    ओलीले पत्रकार र मिडियालाई गाली गर्दा सुनिदिने स्रोता पनि मिडियाकर्मी नै थिए। आफ्ना प्रेस सल्लाहकार सूर्य थापाले ‘कुलमान घिसिङलाई भगवान मान्ने एक पाखे हुन्’ भनी दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले मिडियाको खोइरो खनेका हुन्।

    प्रधानमन्त्री ओलीले के बुझ्न जरुरी छ भने केही पत्रकार र मिडियालाई केही समय आफ्नो पक्षमा पार्न सकिएला, गुणगान गाउन लगाउन सकिएला, तर सधैं सधैं मिडिया आफ्नै पक्षमा हुन्छन् भनेर सोच्नु गलत हुन जान्छ।

    देश र जनतालाई ओलीले अहिलेसम्म के के आश्वासन दिए ? के के भनेर ढाँटे ? आफ्ना आसेपासेलाई के के नियुक्ति दिए ? कति राज्यकोष लुटाए ? ती सबै केही समयपछि मिडियाले उधिन्ने नै छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १२ गतेको राशिफल

    आज साउन १२, २०८२ (जुलाई २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...

    एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो...

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...