News Portal

मिडिया र पत्रकारविरुद्ध प्रधानमन्त्री केपी ओलीको सत्तोसराप !

हिमालीसंचार संवाददाता
४२३ पटक

काठमाडौं – लामो समयदेखि मिडियामा त्यति चर्चामा नआएका प्रधानमन्त्री केपी ओली बुधबार रातिदेखि फेरि चर्चामा छन्। यसपटक फेरि उनले मिडिया र पत्रकारविरुद्ध भँडास पोखेका छन्। लोकतन्त्रका लागि ओली १४ वर्षसम्म जेल बसेको भनेर लेखिदिने मिडिया नै हो।

भारतको नाकाबन्दीताका राष्ट्रवादी छवि बनाइदिएको ओलीलाई मिडिया र पत्रकारले नै हो। तीनै तहको चुनावताका ओलीलाई निर्विकल्प नेता भनेर मिडियाले नै हाइलाइट गरिदिएको हो तर, ती सबै गुण बिर्सिंदै ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेपछि निरन्तर मिडिया र पत्रकारलाई प्रहार गर्न छाडेका छैनन्। मिडियाकै कारण आफ्नो छवि खलनायक बन्दै गएको अनुभव बल्ल ओलीले महसुस गर्न थालेका छन्।

बुधबार नेकपा निकट सम्पादकहरूलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो मनको भँडास पोखे। उनले ‘मिडियाले जे लेखे पनि सरकारले सुनिदिनुपर्ने, तर आफूले केही चिसिक्क छोए बुरुक्क उफ्रिने’ भनेर पत्रकारको सत्तोसराप गरे।

ओलीले पत्रकार र मिडियालाई गाली गर्दा सुनिदिने स्रोता पनि मिडियाकर्मी नै थिए। आफ्ना प्रेस सल्लाहकार सूर्य थापाले ‘कुलमान घिसिङलाई भगवान मान्ने एक पाखे हुन्’ भनी दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले मिडियाको खोइरो खनेका हुन्।

प्रधानमन्त्री ओलीले के बुझ्न जरुरी छ भने केही पत्रकार र मिडियालाई केही समय आफ्नो पक्षमा पार्न सकिएला, गुणगान गाउन लगाउन सकिएला, तर सधैं सधैं मिडिया आफ्नै पक्षमा हुन्छन् भनेर सोच्नु गलत हुन जान्छ।

देश र जनतालाई ओलीले अहिलेसम्म के के आश्वासन दिए ? के के भनेर ढाँटे ? आफ्ना आसेपासेलाई के के नियुक्ति दिए ? कति राज्यकोष लुटाए ? ती सबै केही समयपछि मिडियाले उधिन्ने नै छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...