News Portal

डा.गोविन्द केसीसँगको वार्ता असफल भएकोमा सरकारले नै लगायो यस्तो आरोप

७०८ पटक

काठमाडौं – सरकारले डा. गोविन्द केसीसँगको वार्ता सहमति नजिक पुगेर पनि केही नेताहरुका कारण भाँडिएको आरोप लगाएको छ ।

सरकारी र डा.केसीको वार्ता टोलीबीच मंगलबार र बुधबार औपचारिक वार्ता भएपनि सहमतिमा पुग्न सकेन । सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले केदारभक्त माथेमालगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल पनि गराएका थिए ।

तर, बुधबार साँझ वार्ता सरकार र केसी पक्षबीचको वार्ता असफल भयो । डा. केसीको टोलीले सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको र चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि दिएको २२ बुँदामा छलफल गर्न तयार नहुँदा वार्ता असफल भएको बताएको छ ।

सरकारले भने राजनीति भएको आरोप लगाएको छ । डा.केसीको सातबुँदे मागमा लगभग सहमति भइसकेको अवस्थामा केही नेताहरुले वार्ता भाँडेको सरकारको आरोप छ ।

वार्तामा विवेकशील साझाका २ नेता आएर सहमति नजिक पुगेको वार्ता उल्टाएको सरकारनिकट स्रोतको भनाई छ ।

डा. केसीको तर्फबाट वार्तामा अभिषेकराज सिंह, जीवन क्षेत्री, डा.सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल सहभागी थिए । सरकारले भण्डारी र अर्यालतिर संकेत गरेर विवेकशील साझाका मान्छे भएको बताएको हो ।

लचकता देखाउँदा देखाउँदै वार्ता टोलीले बुधबार एकाएक आफूहरुले दिएको सुझावलाई समेटेर मन्त्रिपरिषद्ले विधेयक संसदमा लैजानुपर्ने अडान राखेको सरकारको दाबी छ ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...