News Portal

नेविसंघको अध्यक्षमा अन्जान निर्वाचित

हिमाली संचार संवाददाता
७८९ पटक

काठमाडौं -नेपाली कांग्रेस (विपी) को विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भएको छ । अन्जान लामा (धनबहादुर) अध्यक्ष रहेको १८ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा अशोककुमार यादव, महामन्त्रीमा राज महर्जन, सहमहामन्त्रीमा जीवन कठायत, भूपी दौत्याल, कोषाध्यक्षमा बिक्रम लामा (भान्जा) रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा डम्बर केसी, भरत न्यौपाने (जोसेफ), सोमन राना, अमित ओली, आशिष अली, प्रसन्न विक, रुपा सुनुवार, हिस्से नोर्बु लामा, सौगात सिंह, अर्जुन लामा, रेशम कुँवर, मनिषा आचार्य रहेका छन् । अध्यक्ष लामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको नेविसंघको सभापति र स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उम्मेदवारसमेत भइसक्नुभएको छ । उहाँ प्रदेशसभाको निर्वाचनमा काठमाडौं–१ बाट प्रतक्ष्य निर्वाचन उठ्नुभएको थियो ।

‘राष्ट्रियता, प्रजातन्त्र,समाजवाद र विद्यार्थी एकता’ मूल नारा बनाएको नेविसंघले आवश्यकता अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरु थप्न सकिने अध्यक्ष लामाले जनाउनुभयो । आइतबार परेको विपी कोइरालाको जन्मदिनको अवसरमा केन्द्रीय समिति गठन गरिएको जनाइएको छ । लामाले सबै क्षेत्र, वर्ग र समुदायलाई समेटेर अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेसले वास्तविक धरातल छोडेर गलत बाटो लिएको भन्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही दिनअघिमात्र हरिबोल भट्टराइको अध्यक्षतामा पार्टी गठन गरिएको हो । करुवा चिन्ह लिएर पार्टी निर्वाचनमा गएको थियो ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...