News Portal

  • बालिका खड्काले मुख्यमन्त्री राईसंग लिखित माफी मागिन्

    हिमालीसंचार संवाददाता
    ३९४ पटक

    काठमाण्डौ – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको बिषयमा दुरुत्साहन झुटो आरोप लगाएको स्वीकार गर्दै बालिका खड्काले नेपाल कम्युनिष्ट पार्टी नेकपा कार्यालयमा पुगेर लिखित माफी मागेकी छन् ।

    बालिका खड्काले नेकपा कार्यालय धुम्बाराही नै पुगेर दुबै अध्यक्ष, महासचिव लगायतलाई सम्बोधन गर्दै लेखिएको माफी पत्र पार्टीमा दर्ता गराएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् ।

    बालिका खड्काले “पछिल्लो समयमा मैले अरुको दुरुत्साहनमा परी तत्कालिन सञ्चारमन्त्री तथा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मैले गलत आरोप र लान्छना लगाउन पुगेँ । मैले केही सार्वजनिक सञ्चार माध्यमहरुमा दाबी गरे जस्तो उहाँसंग कुनैपनि सम्बन्ध र सम्पर्क नरहेको स्पष्ट पार्न चाहन्छु” पार्टीमा बुझाईएको पत्रमा लेखिएको छ ।

    “अरुको दुरुत्साहनमा पर्नाले मबाट कमरेड शेरधन राई प्रति भएको अन्याय र पीडा प्रति पुन क्षमायाचना माग्दै मेरो कारणले शेरधन राई लगायत अन्य ब्यक्ति, समुह, पार्टी वा अन्य निकायमा पर्न गएको भ्रम तथा नकारात्मक प्रभाव र असर प्रति सार्वजनिक रुपमै माफी माग्दछु ।” खड्काले केही दिन अघि मात्र मुद्धा फिर्ता लिएकी थिइन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अविरल वर्षापछि म्याग्दीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, यातायात ठप्प

    म्याग्दी, साउन २६ – अविरल वर्षाका कारण सोमबार बिहानदेखि म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध...

    निजामती अस्पतालमा आमा–शिशुको मृत्यु, परिवारको निष्पक्ष छानबिनको माग

    काठमाडौं, साउन २६ – दैलेखका स्वास्थ्यकर्मी दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको...

    साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

    काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो...

    आज २०८२ साल साउन २६ गतेको राशिफल

    आज साउन २६, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

    कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६...