News Portal

अनेरास्ववियू केन्द्रिय सह-संयोजककाे नेतृत्वमा राहत वितरण

हिमाली संचार संवाददाता
६०६ पटक

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा राती खसेको पहिरोले २२ घर पुरेका थिए। त्यस्तै, २ सय २२ घरधुरी उच्च जोखिममा रहेको छ।

नागुँचे भिर्खरकमा ३१ जना बेपत्ता भएका  मध्ये १४ जनाको शव भेटिए १७ जना अझै वेपत्ता छन्। पहिरोमा परेका ४ जना घाइते भएका बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अनेरास्ववियू केन्द्रिय सह संयोजक रंजित तामाङको नेतृत्वमा बारबिसे नगरपालिका-७,नागुजे भिर्खरका पहिरो प्रभावितलाई राहत स्वरुप  ६० थान त्रिपल, १२ थान कम्बल र १७ बोरा चामल उपमेयर शुसिला पाखृनको रोहवरमा हस्तान्तरण गरेका छन्। 

अनेरास्ववियू केन्द्रिय नेता इन्द्र भुसाल, पवन कार्की, सम्पूर्ण केन्द्रिय सदस्य मित्रहरू जिल्ला संयोजक र सम्पुर्ण जिल्ला नेतृत्वले सहोयग गरेको अनेरास्ववियू केन्द्रिय सदस्य रञ्जित आचार्यले हिमाली संचारको कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...