News Portal

नेपाल कम्युनिष्टपाटी(नेकपा)सिन्धुपाल्चोकद्धार प्रेश बिज्ञप्ती जारी

हिमाली संचार संवाददाता
४४५ पटक

ईश्वर गुभाजु चौतार-बाह्रबिसे नगरपालिका वडा न. ७ (घुम्थाङ) भिरखर्क नागुजे पहिरोको सन्दर्भलाई लिएर नेपाल कम्युनिष्ट पाटी (नेकपा)सिन्धुपाल्चोकले आईतवार विज्ञप्ती निकालेको छ । सो घटनाले दुखी वनाएको भन्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष झम्क नेपाल र सचिब दावा तामाङले हस्ताक्षरित सो प्रेश बिज्ञप्ती सार्बजनिक गरेको छ।
बिज्ञप्तीमा यस्तो भनिएको छ ।निरन्तर अनेकौँ प्राकृतिक बिपत्ति झेलिरहेको सिन्धुपाल्चोक जिल्ला आज पुन अर्काे विपत्ति झेल्न विवस छ । गए रातिको अविरल बर्षादको कारण बस्ति माथिबाट पहिरो आउदा बाह्रबिसे नगर पालिका वडा नम्वर ७ घुम्थाङ स्थित भिरखर्क नागुजेमा ठुलो धनजनको क्षेति भएको छ । उक्त ठाउमा पहिरोको कारण २५ घर पुरिएको छन् । हाल सम्म ११ जनाको शव भेटिएको छ भने २०जना सम्पर्क बिहिन अबस्थामा छन् ।

घटना स्थल बाट ४ जनाको उद्धार गरि बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भई रहेको छ । पहिरोमा परेर पुरिएकाहरुको खोजि कार्य जारी छ ।
यस दुःखद घडीमा ज्यान गुमाउनेहरु प्रति भाव पुर्ण श्रद्धाञ्जली घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक संन्तप्त परिवार जनमा गहिरो समावेदना ब्यक्त गर्दछौ । यस दुःखद घडिमा उद्धार र खोजि कार्यमा स्वत स्फुर्त खट्नु हुने स्थानीय जनता सेना शसस्त्र प्रहरी जनपथ प्रहरी सम्माननिय सभामुख, लगायत सम्पुर्ण जनप्रतिनिधीज्यूहरु पार्टीको केन्द्रिय नेता लगाएत सवै पार्टीका मित्रहरु, समयमानै समचार सम्ंप्रेषित गर्ने पत्रकार मित्रहरुमा पार्टी जिल्लाको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

यस विपत्तिमा ज्यान गुमाउने मृतकका परिवार र कष्टकर जीवन जीउने जनताहरुलाई राहात आवास बिहिनहरुलाई आवासको ब्यवस्था गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै पटक पटक दोहोरी रहने यस्ता विपत्तिहरुबाट बच्न बचाउन सवैले आ–आफ्नो ठाउँमा पहल गरौ । बर्षा निरन्तर रहेकोले सिन्धुबासीलाई सचेनता अपनाउन हार्दिक आव्हान गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...