News Portal

पदका निम्ति तमासा गर्ने मान्छे होइन: माधव नेपाल

हिमाली संचार संवाददाता
४०१ पटक

काठमाडौं – अन्तरविरोधको गुजुल्टो फुकाउने कसरत गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ। यहीबेला एउटा ‘न्यारेटिभ’ बनिरहेको छ।केपी शर्मा ओली र प्रचण्डवीच पुनर्मिलन भयो, तर माधव नेपालचाहिँ फेरि किनारामा धकेलिएका छन् र उनी असन्तुष्ट छन्।

नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालको असन्तुष्टि अझै जीवितै छ ? कार्यदलको प्रतिवेदन र त्यसका आधारका अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा नेता नेपालले ‘नोट अफ डिसेन्ट’ जनाउन लागेका हुन् ? यिनै प्रश्नको उत्तर खोज्न हामी विहीबार दिउँसो नेपाल निवास कोटेश्वर पुग्यौं।

बरिष्ठ नेता नेपाल  निकै सन्तुलितरुपमा प्रस्तुत भए । प्रधानमन्त्री ओलीसँग चार दशक लामो सम्बन्ध रहेको र प्रचण्डसँग पनि तीन दशकभन्दा बढी संगत रहेको बताउँदै नेता नेपालले पार्टी विधि र पद्दतिको बाटोमा अग्रसर हुन थालेको सकारात्मक टिप्पणी गरे।

दुई अध्यक्षले लिएको पछिल्लो ‘मूभ’प्रति बरिष्ठ नेता नेपाल सन्तुष्ट छन् कि असन्तुष्ट ? यसको जवाफ उनले ‘ग्रे एरिया’मा बसेर दिन खोजे। उनी अलिकति आशावादीजस्तै देखिए।

अन्तरवार्ताको रोचक पक्षचाहिँ के रह्यो भने नेता नेपालले आफ्नो भावनात्मक पक्षलाई बढी मुखरित गर्ने प्रयास गरे। म गीत गाएर हिँड्दिनँ, म पदका लागि तमासा देखाउने खालको मान्छे हैन र म चुनौतीको सामना गर्ने मान्छे हुँ भन्दै नेता नेपालले आगामी महाधिवेशनमा कार्यकर्ताले जे भन्छन्, माधव नेपालले त्यही गर्ने बताए।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...