News Portal

निर्वाचित वडाध्यक्षद्धारा श्रीमतीमाथी घरेलुहिसा, सम्वन्ध विच्छेदको मुद्वा दर्ता

हिमाली संचार संवाददाता
११५४ पटक

सुर्खेत – अर्कै महिलासँग लागेपछि मानसिक र शारीरिक यातना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले आफ्नै श्रीमतीलाइ मानसिक र शारीरिक यातना दिने गरेको श्रीमतीले आरोप लगाएकि छन।

वीरेन्द्ररनगरमा पत्रकारसंग कुराकानी गर्दै वडाध्यक्षका श्रीमती देवीसराले श्रीमान अर्कै महिलासँग लागेपछि आफूलाई मानसिक र शारीरिक यातना दिने गरेको आरोप लगाएकि हुन।

२० बर्षसम्म आफैसँग बसेको श्रीमान विरामी हुँदा उपचार गरेको, घर खर्च चलाउन आफू विदेश गएर कमाई गरेको र स्थानीय निर्वाचनमा वडाध्यक्षमा लड्दा पनि धेरै आर्थिक सहयोग गरेको भन्दै देवीसराले रकम फिर्ता गर्न माग गरेकिछन।

नेकपाबाट स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा जितेपछि श्रीमान भूपेन्द्रले आफुलाइ बारम्बार यातनादिन थालेको बताईन। देवीसरा भूपेन्द्रको दोस्रो श्रीमती हुन। देबीसराले एक बर्षदेखि भूपेन्द्र घरमा पनि आउन छाडेको भन्दै आफुलाइ न्याय दिलाइदिन भन्दै विभिन्न निकायमा गुहारदासमेत न्याय नपाएको बताईन। वडाध्यक्षले मेरो पावर नेता देखि मन्त्री र वकिलसंग रहेको भन्दै बारमबार यातना दिने गरेको उनको भनाई छ।

देवीसराले अहिलेसम्म भूपेन्द्रमाथि आफुले लगानी गरेको रकम फिर्ता पाउनुपर्ने र सम्वन्ध विच्छेदको मुद्दामा बराबर अंश पाउनुपर्ने माग गरेकिछन। उनले भूपेन्द्रले अदालतमा सम्वन्धविच्छेदको मुद्दा दर्ता गराएको भन्दै आफुले प्रहरीकोमा घरेलु हिंसाको मुद्दा दिएको बताईन।

उनले आफ्नो समस्या समाधान गर्नका लागि वीरेन्द्रनगर नगरपालिका, पार्टी कार्यालयमा पनि पुगेको तर आश्वासनमात्रै दिने, समाधान नगरेको देवीसराको भनाइ छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...