News Portal

  • एनआरएनए युएई अध्यक्ष कोइराला पदबाट निष्काशन

    हिमाली संचार संवाददाता
    ५९७ पटक

    २०७७ भदौ १२, शुक्रबार
    निकेश काफ्ले/युएई – नेपाल एसोसिएसन (एनए)का अध्यक्ष रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ यूएईलाई बिधि र विधानमा रहेर काम गर्न आग्रह गर्नुभएको छ।

    गैरआवासीय नेपाली संघ(एनआरएनए) यूएईको निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले गैरआवासीय नेपाली संघ कसैको पेवा नभएको स्पष्ट पार्दै आम प्रवासमा रहेका नेपालीले आफ्नो साझा संस्थाको रुपमा स्थापित एनआरएनएलाई विवादमा ल्याउने षडयन्त्रमा कुनैपनि सदस्य नलाग्नसमेत आग्रह गर्नुभएको छ।

    एनआरएनए यूएईको नाममा अध्यक्ष प्रकाश कोइरालासहित केहि साथीहरुले संस्थालाई बिधानको मुल्य मान्यता र मर्मको ख्याल नगरि प्राइभेट लिमिटेड झै साथीहरुलाई साधारण सदस्य समेतबाट निकासकन गरेको भन्ने समाचार सार्वजनिक भएका स्मरण गर्दै आम एनआरएनए परिवारको भावनामाथि खेलवाड गरेकोमा दुख ब्यक्त गर्नुभयो।

    एनआरएनए र एनएको बिषयमा देखिएको विवाद बिधानको दायारा रहेर बिधिसंवत तरिकाबाट समाधान गर्ने बाटो छोडेर एनआरएनएलाई राजनितिकरण गर्ने प्रयासप्रति आक्रोशित बन्दै उहाँले एनआरएनएको बिधान परिधिमा रहेर गर्ने सबै निर्णय स्वीकार्य हुने बताउनुभएको छ।

    उहाँले एनआरएनए युएईले एनआरएनए सदस्यहरुको भावनामा चोट पुर्याएको स्पष्ट पार्दै आफु केन्द्रिय समिति जाने तयारी गरेको बताउनुभयो।

    एनआरएनए र एनए यूएईको फरक ?

    नेपाल एसोसिएसन एनएका अध्यक्ष रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ यूएईको अध्यक्ष रहेका समयमा यूएई सरकारको नियम यूएईस्थित नेपाली राजदुतावास र गैरआवासीय नेपाली संघ केन्द्रिय समितिको सहमति र गैरआवासीय नेपाली संघ यूएईको निर्णय अनुसार यूएईको स्थानिय प्रशासनमा दर्ता गरिएको संस्था हो नेपाल एसोसिएसन।

    यद्यपी नेपाल एसोसिएसन यूएई तत्कालिन गैरआवासीय नेपाली संघ यूएईका पदाधिकारी र स्थानिय २ जना नागरिक सहितको नाम दर्ता गरिएको थियो।

    करिव १० महिना अगाडी गैरआवासीय नेपाली संघ यूएईको अधिबेशनमा श्रेष्ठले गैरआवासीय नेपाली संघ यूएईको अध्यक्ष छोडेपछि निर्वाचित अध्यक्ष प्रकाश कोइरालासहितको टिमलाई संस्थासमेत हस्तान्तरण गर्ने उदेश्य सहित स्थानिय प्रसाशनमा जाँदा तत्काल सोहि समयमा स्थानिय कानुन अनुसार हस्तारण गर्न नमिल्ने जानकारी दिएपछि हस्तातरण हुन सकेको थिएन।

    नेपाल एसोसिएसन एनएका अध्यक्ष रमेश श्रेष्ठले हस्तारण समयअबधिसम्म गैरआवासीय नेपाली संघ यूएई अध्यक्ष प्रकाश कोइरालासहितको कार्यसमितिको निर्णय अनुसार नेपाल एसोसिएसनको जिम्मामा रहेको सम्पति हस्तान्तरण गर्दै आएको गैरआवासीय नेपाली संघ एक सदस्यले बताएका छन्।

    बिभिन्न संघसंस्थालाई सहयोग गर्ने कोभिड-१९को समयमा आर्थिक सहयोग गर्ने काम सोहि एनएको खातामा रहेको रकमबाट गरिएको बुझिएको छ।

    अध्यक्ष कोइरालासमेत रहेको नेपाल एसोसिएसनको बोर्डको निर्णयका आधारमा चल्दै आएको नेपाल एसोसिएसन र गैरआवासीय नेपाली संघ यूएई अध्यक्ष कोइरालाले आफ्नो मनोमानी संस्था चलाउने उदेश्यसहित श्रेष्ठलाई र राजदुतावाससंग समेत समन्य नगरि आर्थिक कारोवार गर्ने गरि योजना बनाएपछि विवाद सुरु भएको छ।

    स्थानिय प्रसाशनमा बिधिवत दर्ता भएको एनएको अधिनमा रहेर काम गर्नुपर्नेमा त्यस्को बिधिबिधान बिपरित काम गर्ने तयारीमा लागेपछि नेपाली मजदुरका लागी आएको अन्तराष्टिय श्रम संगठन आइएलओको ८० हजार अमेरिकी डलरसमेत अहिले रोकिएको छ।

    स्थानिय प्रसाशन र पराष्ट्रको समेत सहमतिमा मात्रै आउने उक्त रकम गैरआवासीय नेपाली संघ स्थानिय प्रशासानमा दर्ता नै नभएकोले समस्या परेको जानकारहरु बताउछन्।

    खाता खोल्न किन ढिलाई ?

    गैरआवासीय नेपाली संघ यूएईको अध्यक्षमा प्रकाश कोइराला निर्वाचित भएको लगतै एनएको बोर्डमा आएपछि अध्यक्ष कोइरालाले खाता नखोलेपछि रकम हस्तानतरणमा ढिलाई भएको हो।

    खाता १० महिनासम्म पनि नखोलेपछि गैरआवासीय नेपाली संघ यूएईको दायित्व एनएले  हस्तान्तरण गर्न नसकेको एनएका एक सदस्यले बताए। एनएको रकम स्थानिय नियम अनुसार खाता मार्फत हस्तान्तरण गर्नुपर्ने भएकाले खाता नम्बर पाउनासाथ रकम हस्तारण गर्ने एनएका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ।

    कोइरालालाई यूएई सरकारले नै निकाल्यो !

    नेपाल एसोसिएसनको बोर्ड बैठक बसी गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष प्रकाश कोइरालालाई एनएबाट निष्काशन गर्न सिफरिस गरेको थियो। सोहि आधारमा स्थानिय प्रशासनले निष्काशन गरेको बताइएको छ।

    एनए यूएईको स्थानिय नियम बिधि र विधान काम नगरेकोले एनएबाट कोइरालालाई निकास्काशन गर्न गरेको आग्रह गरेको हो। सो सिफरिस एप्रुभ भएको एनएलाई बोधार्थ आएको जानकारी एनएका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal