News Portal

  • कतारमा श्रमिकको अभाव

    हिमाली संचार संवाददाता
    ४३९ पटक

    २०७७ भदौ १२, शुक्रबार
    कतार – नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगार दाताहरूले नया श्रमिक भर्ती गर्न पाएका छैनन्।

    श्रमिक अभाव हुन थालेपछि कतार चेम्बर अफ कमर्सले रोजगारी गुमाएर कतारमै बस्न इच्छुक श्रमिकलाई नयाँ रोजगारीका लागि आवेदन दिनसमेत अनुरोध गरेको छ। पसल, रेस्टुराँ तथा साना कम्पनीमा कार्यरत श्रमिकले भने रोजगारी गुमाएका छन्।

    दुईवर्षे करार अवधि समाप्त भएपछि अर्को कम्पनीमा काम गर्न रोजगारदाताले रिलिज पेपर (अनुमतिपत्र) दिनुपर्ने बाध्यकारी नियम छ।

    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले महामारीको समयमा पनि कतारको अर्थतन्त्रमा ठूलो असर नपरेको र निर्माण क्षेत्र निरन्तर सुचारु नै रहेको बताए।

    ‘केही सेवा क्षेत्रमा असर देखिएको हो। निर्माण क्षेत्रमा नै ठूलो प्रभाव देखिएको छैन,’ उनले भने। ‘जो श्रमिकले रोजगारी गुमाएका छन्। उनीहरूले रोजगारी पाउनको कतार चेम्बर अफ कमर्समा नै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। चेम्बर अफ कमर्सले नै रोजगारदातासग समन्वय गरिदिनेछ,’ उनले भने।

    उनले स्वदेश फिर्नुभन्दा कतारमै उपलब्ध हुन सक्ने रोजगारीको विकल्पलाई सदुयोग गर्नसमेत अनुरोध गरेका छन्। नेपाली व्यवसायी संघ, कतारका महासचिव रमेश भट्टले ठूला कम्पनीलाई श्रमिकको अभाव देखिन थालेको बताए।

    अबको २ वर्षपछि कतारमा विश्वकप हुँदै छ। सबै रंगशालाका कामहरू त लगभग सकिएको छ तर, त्योसँग जोडिएका अन्य महत्त्वपूर्ण आयोजनाहरू निर्माणधीन नै छन्। कतारका लागि हरेक दिन महत्त्व छ। उसले तोकिएको समयभित्रै जसरी पनि आयोजनाहरू सम्पन्न गर्नुपर्ने अवस्था छ,’ उनले भने।

    कतारको निर्माणक्षेत्रमा कुल श्रमशक्तिको झन्डै ३० प्रतिशत त नेपाली नै छन्। कतिपय कम्पनीले स्थानीय श्रमिक आपूर्ति कम्पनीलाई कमिसन नै दिएर कामदार खोज्न लगाएको छ। कतिपय कम्पनीले श्रमिकलाई कटौती गरे पनि कतारमै निरन्तर दिन नचाहनेहरू स्वदेश फिर्ने पक्षमा छन्।

    कोभिड महामारीपछि हालसम्म ७ हजार नेपाली स्वदेश फिरिसकेका छन् भने झन्डै १४ हजार श्रमिक स्वदेश फिर्नका लागि नेपाली दूतावासमा आवेदन दिइसकेका छन्। स्वदेश फिर्नका लागि तयारी अवस्थामा रहेका कतिपय श्रमिक भन्ने अन्य कम्पनीमा रोजगारी पाएपछि काम गर्ने पक्षमा नै देखिएको राजदूत भारद्वाजले बताए।

    ‘मैले ५ वर्षदेखि कतारको प्रतिष्ठित अली वनी अली समूहमा काम गरिरहेका थिए। उसले धेरै श्रमिकको करारपत्र रद्द गरिदियो। सयौंले रोजगारी पनि गुमाए,’ गोरखाका धीरज श्रेष्ठले भने, ‘स्वदेश फिर्ने तयारीमा थिए। मैले गरिरहेको प्रकृतिको काम अर्को कम्पनीमा पाएपछि तत्काल स्वदेश फर्किनँ।

    कतारले कम्पनीले बिदामा पठाएका श्रमिकलाई पुनः प्रवेशमा अनुमति दिन थालेको छ। ‘पुनः सोही कम्पनीमा आउन अनुमति दिन त थालेको छ। त्यसका लागि कम्पनीले नै अनुमति माग्नुपर्छ,’ भट्टले भने।

    कतारको अमिरी दिवान गार्डमा कार्यरत झन्डै १७ जना नेपालीलाई पुनः कतार प्रवेशका लागि अनुमति दिइसकेको छ। कतारले नेपाललाई अझै कोरोना जोखिम देशको सूचीमा राखेकाले विगतमा जसरी तत्काल श्रमिक ल्याइहाल्ने अवस्था भने देखिँदैन।

    सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार कतारमा कोरोना भाइरसको पहिलो केस मार्चको पहिलो साता देखिएको थियो। मे अन्त्यसम्म यसको संक्रमण उच्च देखिएको थियो। त्यसपछि भने क्रमशः घट्दै आएको थियो।

    बिहीबारसम्म १ लाख १४ हजार ५ सय ५८ जनालाई निको भइसकेको छ। २ हजार ९ सय ९० जना मात्रै उपचाररत छन्। गैरआवासीय नेपाली संघका अनुसार कतारमा कम्तीमा संक्रमितको २० प्रतिशत नेपाली छन्।

    कतारस्थित नेपाली दूतावासका अनुसार भाइरसको संक्रमणबाट बचाउन कतार सरकारले उपचारमा कसैलाई पनि भेदभाव गरेको छैन। कतारको जीवन सामान्य बन्दै गइरहेको छ। डरत्रास विस्तारै हट्दै गइरहेको छ,’ नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष करिमबक्स मियाँले भने, ‘सार्वजनिक स्थलमा बाक्लो भेटघाट हुन थालेको छ।

    कम्पनीहरू पहिलेकै लयमा खुल्न थालेको देखिन्छ। धेरै श्रमिकले रोजगारी गुमाउने अवस्था तत्काल देखिँदैन। विश्वकप रंगशाला निर्माणको जिम्मेवारी लिएको द सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले श्रमिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकता दिइएको बताएको छ।

    रंगशालाको निर्माण कार्य उच्च बिन्दुमा पुगेको बेला झन्डै नेपालीसहित आप्रवासी ३० हजार श्रमिकले काम गरेका थिए। ‘निर्माणले उच्च गति लिएको समयमा चीन, भारत, टुर्की, चीन, घाना र फिलिपिन्सका ३० हजार श्रमिकले काम गरेका थिए।

    श्रमिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छौं,’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै श्रमिकलाई श्रमिक कल्याण मापदण्डभित्र राखेर सुरक्षा प्रदान गरेका छौं। कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले निजी क्षेत्रलाई धरासायी हुन नदिन र दीर्घकालसम्म रोजगारी बचाउन भन्दै रोजगारदाता र श्रमिकबीच आपसी सहमति गर्नका लागि दुईबुँदे निर्देशनात्मक आदेशसमेत दिएको थियो।

    भाइरसको संक्रमणलाई नियन्त्रण गर्न चालिएको कदमबाट बन्द नभएका कम्पनीले कामदारलाई करारपत्रमा उल्लेख भएअनुसार कामदारले निरन्तर रूपमा पाउँदै आएको न्यूनतम तलब, अन्य सेवासुविधा, खाना, बस्ने सुविधा कटौती गर्न नपाइने र बेतलबी तथा वार्षिक बिदामा बस्न पाइने वा काम गर्ने समय कम गर्न सकिने प्रावधान ल्याइएको थियो। करारपत्र समाप्त भएका श्रमिकलाई भने टिकट दिई स्वदेश पठाउन पाइनेछ कान्तिपुरले समाचार लेखेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १७ गतेको राशिफल

    आज भदौ १७, २०८२ (सेप्टेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयमै छात्रामाथि करणी, प्रधानाध्यापक पक्राउ

    उदयपुर -उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ...

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...