News Portal

देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको महामन्त्री कोईरालाको दाबी

हिमाली संचार संवाददाता
६४६ पटक

२०७७ भदौ ८, सोमबार
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको छ।

उहाँले पत्रकारसंग कुरा गर्दै १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने ठोकुवा गर्नुभयो।

पार्टी सभापतिकालागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उहाँको भनाई छ।

कोइरालाले महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरीत गरिरहेको भन्दै असन्तुष्टि समेत जनाउनु भएको छ।

पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उहाँले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...