२०७७ भदौ ६, शनिबार
काठमाडौँ – नेपाली कांग्रेसका युुवा नेता गगनकुमार थापाले रौतहटमा गरिएको पुजारीका हत्या सम्बन्धमा छिटो अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गरेका छन।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गरेका हुन।
पुजारीमाथि मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो। पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गरेका हुन।
नेता थापाले नेपाल प्रहरीसँग घटनाको अनुसन्धानबारे पनि जानकारी समेत माग गरेका छन। ट्विटरमा उनले लेखेका छन, रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन बितिसकेको छ।
नेपाल प्रहरी, घटनाको अनुसन्धान के भइरहेको छरु अनुसन्धानमा बिलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्दछु।